७ वैशाख २०८१ शुक्रबार
राजनीति

कालिकोटको नरहरीनाथमा एमालेका धिरबहादुर बिष्ट विजयी

नरहरीनाथ गाउँपालिकामा विजयी एमालेका उम्मेदवार धिरबहादुर बिष्ट ।

कालिकोट– नरहरीनाथ गाउँपालिकामा नेकपा एमालेका धिरबहादुर बिष्ट विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मिनबहादुर बोगटीलाई २३२ मतले पछि पार्दै बिष्ट प्रमुखमा विजयी भएका हुन् । उनले उनी २४६० मत प्राप्त गरे भने बोगटीले २२२८ मत प्राप्त गरेका छन् । 

त्यसैगरी उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी मनशोभा बुढा २२४९ मतले विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी सुशिला शाहीले २२४४ मत प्राप्त गरिन्। 

नरहरिनाथ गाउँपालिका — ६ नन्दादेवी सेरापाटामा आइतबार मतदान भएको थियो । वैशाख ३१ गते नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अवरोध गरेपछि प्रहरीले गोली चलाउँदा राप्रपाका वडाअध्यक्ष धनरुप बटालाको मृत्यु भएपछि चुनाव स्थागित भएको थियो । उक्त केन्द्रमा आइतबार बिहानदेखि उत्साहपूर्वक मतदान भएर मत गणना गरी मंगलबारी राती मत परिणाम सार्वजनिक भएको प्रहरीले जनाएको छ । ८ सय ७९ मतदाता रहेको उक्त केन्द्रमा दिउँसो साढे ५०७ मत खसेको थियो । 

नरहरीनाथ गाउँपालिकामा ९ वटा वडा मध्ये एमालले ४ मा  एमाले प्यानल, माओवादी केन्द्रले ३ वटा वडामा प्यानलसहित विजयी हासिल गरे भने काँग्रेसले २ वटा वडामा विजय गरेको छ । प्रमुखमा विजयी बिष्ट जिल्ला शिक्षा कार्यालयमा स्रोत व्यक्ती (आरपी)बाट राजिनामा दिएर चुनावमा भिडेका थिए । जिल्लाका ९ स्थानीय तह मध्ये माओवादी केन्द्रले २ नगरपालिका सहित ३ वटा गाउँपालिका गरी ५ स्थानीय तहमा विजयी भएको छ । त्यस्तै एमालेले खाडाँचक्र नगरपालिका सहित २ गाउँपालिका गरी ३ तह जितेको छ । नेपाली कांग्रेसले महावै गाउँपालिकामा एमालेसँगको समिकरणमा १ गाउँपालिका जितेको छ । 
 

प्रकाशित: १० जेष्ठ २०७४ ०३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App