४ वैशाख २०८१ मंगलबार
समाज

पहिरोको जोखिममा परेका १२ परिवारलाई अस्थायी शिविरमा राखियो

ताप्लेजुङ- पहिरोको उच्च जोखिममा परेपछि आईतवार घर छाडेर आफ्नै बस्तीको माथिल्लो भेगमा पुगेका ताप्लेजुङको तापेथाक गाविस ८ को सोत्लिम्माका १२ घर परिवारलाई अस्थायी ‘सेल्टर’बनाएर राखिएको छ।

प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डले १२ घर परिवारका ५२ जनालाई सोत्लिम्माको माथिल्लो स्थानमा रहेको टारमा अस्थायी शिविर स्थापना गरेरे बसाईएको जानकारी दिए। फाँटिलो टार रहेको स्थानमा पहिरोको जोखिम नरहेकोले अस्थायी शिविर खडा गरिएको सिडियो पाण्डेले जानकारी दिए। उनका अनुसार जोखिम हुने भयले घर छाडेर गएका पीडित परिवारले आफ्नै घरबाट आफुलाई चाहिने खाद्य सामाग्री लिएर गएका छन्।‘समस्या पर्ने बुझेमा जिल्ला बिपद् व्यवस्थापन समितिले समेत पीडित परिवारलाई सघाउने छ’पाण्डले भने । पीडित परिवारका लागि सेल्टर स्थापना गर्न चाहिने १२ थान ग्रिन हाउस कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले लेलेपको लुङथुङबाट लैजाने तयारी गरिरहेको सिडियो पाण्डेले बताए। पहिरो पीडतका लागि बनाईन लागेको अस्थायी सेल्टर रहने स्थल सोत्लिम्मा पुग्न लुङथुङबाट करिव तीनघण्टाको पैदल दुरी पार गर्नुपर्छ । शनिवार राती आएको पहिरोले लेलेप र तापेथोक गाविस जोड्ने पुल बगाउनुका साथै सोत्लिम्मा बस्तीको तल्लो भागमा जोखिम बढाएको छ । बस्तीको एकभागमा पुरै पहिरो रहेका कारण जोखिममा रहेका ५२ जनालाई आईतवार प्रहरी र स्थानीयले सुरक्षित स्थानको खोजी गरी माथिल्लो बस्ती सारेका थिए। 

 

प्रकाशित: ३ श्रावण २०७३ ०९:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App