coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ट्रकको ठक्करले वृद्धको मृत्यु

कोहलपुर- मंगलबार साँझ साँढे ६ बजेतिर कोहलपुर चप्परगौडीमा ट्रकको ठक्कबाट एक वृद्धको मृत्यु भएको छ। कोहलपुरबाट पुर्वतर्फ जाँदै गरेको लु १ ख ८६०७ नम्बरको ट्रकले ठक्कर दिँदा कोहलपुर खड्गवारका ५० बर्षीय बुद्धिराज चौधरीको मृत्यु भएको हो।

साईकलमा सवार चौधरीलाई ट्रकले ठक्कर दिँदा घटनास्थलमा मृत्यु भएको कोहलपुर प्रहीरीले जानकारी दिएको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

 

प्रकाशित: ९ जेष्ठ २०७४ १४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App