coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भरतपुर १३ मा १२ सय मत गन्दा आधा माओवादीको खातामा

चितवन-  भरतपुर महानगरपालिकाको वडा नं. १३ मा माओवादीले राम्रो मत ल्याउन सक्ने भनेर गरेको अनुमान यथार्थमा परिणत भएको छ। मंगलबार दिउँसो सो वडाको मत गनेर १२ सय पुर्‍याउँदा लगभग आधा मत माओवादीको भागमा परेको छ।  १२ सय मतमा माओवादीका वडाध्यक्षमा उम्मेदवारले ५६४ मत ल्याएका छन्। एमालेको उम्मेदवारले मत ३३६ आएको छ।

                १३ नम्बर वडाको मत नगन्दासम्म तीन हजार ८३६ मतले अग्रता लिएका एमालेका मेयर पदका उम्मेद्वार देवि ज्ञवालीको अग्रता १३ नम्बरको १२ सय मत गन्दा तीन हजार ६४० मा झरेको छ। सो वडाको मत गणना भइरहँदा ज्ञवालीको कुल मत २६ हजार २२६ पुगेको छ। माओवादी उम्मेदवार रेणु दाहालले २२ हजार ५८६ मत ल्याएकी छन्।

भरतपुरमा एमालेले राम्रो मत ल्याएर फराकिलो मतान्तर कायम गर्ने सम्भावना भएका वडाहरुको मत गणना सकिएको छ । अबको वडाहरुमा एमालेको मत कम आउन सक्ने सम्भावना छ ।  १३ पछि २६ नम्बरको मत गणना सुरु हुने छ । त्यहाँ पनि एमाले कमजोर छ । मेयरमा एमाले उम्मेद्वार देवि ज्ञवालीले बनाएको मत अन्तर अब क्रमशः कम हुँदै जाने अड्कल गरिएको छ।

प्रकाशित: ९ जेष्ठ २०७४ १४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App