८ वैशाख २०८१ शनिबार
समाज

रोग किराबाट बाली बचाउन ‘मोबाइल एप्स’

धादिङ- खेती बालीलाई रोक किराबाट बचाउन धादिङका किसानहरु आधुनिक प्रविधिहरु प्रयोगमा ल्याउन थालेका छन्।

                ‘हाम्रो कृषि’ नामक मोबाइल एप्स मौषमी रोग किराको खतरा बारे थाहा पाउने भएका छन्। विभिन्न समूह बनाएर व्यवसायिक खेती गरिरहेका ४३ जना अगुवा किसानहरुले मंगलबार ‘हाम्रो कृषि’ नामक एप्स, सिमकार्ड सहितको मोबाइल फोन पाएका छन् । 

                जलवायु प्रकोप समुत्थान निर्माण आयोजना मार्फत मोवाइल फोन, तापक्रम नाप्ने थर्मो मिटर, बर्षामापन यन्त्र लगायतका उपकरण उपलब्ध गराइएको हो । यस्ता उपकरण पाउनेमा कृषि क्षेत्र तर्फका २७ जना र पशुपालन तर्फका १७ जना छन् । उनीहरु व्यवसायिक रुपमा खेती गरिरहेका र पशुपालन गरिरहेका कृषकहरु हुन् ।

                कृषकलाई वितरण गरिएको उपकरणले सुचना प्रविधिबाटै खेतीपाती गर्ने तरिका सिक्न, रोगकिराबारे जानकारी पाउन, मौषम अनुसारको खेतीपाती गर्न सहज बनाउने जिल्ला कृषि विकास कार्यलय धादिङका बरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले बताए ।

                मोबाइल एसएमएस सेवाबाट किसानहरुले घरमै बसेर मौसम र कृषि सम्बन्धी जानकारी पाउनेछन्। जुन किसानसंग फोन तथा अन्य सूचना प्रविधिको पहँच छ उनीहरु सहजै मौसम, कृषि उत्पादनको सूचनासंग जोडिन सक्छन् । बरिष्ठ कृषि विकास अधिकृत देवकोटाले भने ‘किसानले समयमै सूचना प्राप्त गरी बाली लगाउने सहि समय, मल व्यवस्थापन, सिंचाई, बाली विरुवाको त्रशु तथा तिनका रोकथाम जस्ता कुराहरु मोबाइल एप्सबाटै एसएमएस मार्फत थाहा पाउन सक्छन् ।’

                किसानलाई जलवायु परिवर्तनले पार्न सक्ने प्रतिकृल असरहरुको न्यूनिकरण गर्न ठूलो भूमिका खेल्छ । ‘कृषि इन्फो’ नामबाट पूर्व सूचना  प्रणाली अन्तर्गत एसएमएस पठाइन्छ । एसएमएस मार्फत फरक फरक बाली तथा पशुपालनमा आवश्यक पर्ने समयानुकुल प्रविधि तथा मौसम सम्बन्धी सन्देश किसानलाई प्रवाह गरिने पनि बरिष्ठ कृषि विकास अधिकृत देवकोटाले बताए ।

                प्राविधिकहरुका अनुसार कुन क्षेत्रमा कस्ता बाली लगाउने, कति मल छर्ने, कस्तो बालीमा कस्तो खालको रोग किरा लाग्छ र कसरी रोकथाम गर्ने लगायतका संदेश किसानहरुले मोबाइल एसएमएसबाट जान्न सक्नेछन् । नेपाल सरकार अन्तरगत कृषि विकास मन्त्रालयको जलवायु प्रकोप सम्मुत्थान निर्माण आयोजनाले देशका २५ जिल्लाका किसानहरुलाइ एप्स सहितको एन्ड्रोइड फोन, ताप मापन यन्त्र र बर्षा मापन यन्त्र दिइएको छ।

                घरमै बसीबसी मोबाइलबाटै कृषि सन्देश लिन पाइने र बर्षातको समयमा कति बर्षा भयो, खेतवारीमा जान मिल्ने छ की छैन भन्ने कुरा थाहा पाउने भएपछि किसानहरु पनि खुसी भएका छन् । धुनिबेसी नगरपालिकाका कृषक रमेश रुपाखेतीले भने ‘बसै बालीका बारेमा प्रश्नउत्तर शैलीमा जानकारी पाउने भइयो, यसले हामीलाई किनै सजिलो बनाउनेछ ।’ बेमौसमी खेतीपाती गर्दा रोग तथा किराहरले आक्रमण गर्ने भएकाले तत्काल कृषि प्राविधिहरु पनि उपलब्ध नभएको खण्डमा यो प्रभावकारी हुनसक्ने कृषहरु बताउँछन् ।

                मोवाइल लिने कृषकले त्यहाँ प्राप्त गर्ने हरेक सुचना सन्देशहरु समुहका सवै सदस्यहरुलाइ बताउनुपर्ने नियम बनाइएको परियोजनाका अनुगमन अधिकृत किरण राज मिश्रले बताए ।

 

प्रकाशित: ९ जेष्ठ २०७४ १३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App