coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

भरतपुर २७ मा काँग्रेस विजयी, मेयरमा एमालेकै धेरै मत

चितवन-  भरतपुर महानगरपालिकाको वडा नं. २७ मा बडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुँदा मेयर पदमा नेकपा (एमाले)का उम्मेदवार देवि ज्ञवालीलाई नै बढी मत आएको छ। सो वडासम्मको अन्तिम मत परिणाम घोषणा हुँदा एमालेका ज्ञवाली काँग्रेस माओवादी गठबन्धनबाट मेयर पदमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेणु दाहालभन्दा तीन हजार ८३६ मतले अघि छन्।

                यसअघिको वडामा ज्ञवाली दाहालभन्दा तीन हजार ३८९ मतले अगाडी थिए । हालसम्मको कुल मत परिणाम अनुसार एमालेका ज्ञवालीको मत २६ हजार ५६ पुगेको छ । माओवादी उम्मेद्वार रेणुको मत २२ हजार २२० आएको छ । उमपेयरमा गठबन्धनका तर्फबाट काँग्रेसकी उम्मेद्वार पार्वती शाहलाई २५ हजार ६९२ मत आएको छ । एमालेकी दिब्य शर्माको हालसम्म २३ हजार ६६२ मत आएको छ।

                राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर उम्मेद्वार बद्री तिमिल्सिनाले अहिलेसम्म दुई हजार ९५८ मत ल्याएका छन् । उपमेयरमा राप्रपाकी उम्मेद्वार रिना गुरुङको तीन हजार १४७ मत आएको छ । कुल २९ वटा वडाहरु रहेको भरतपुरमा हालसम्म १५ वटा वडाको मत गणना सकिएको छ । जसमध्ये १० वटा वाडामा एमाले र पाँचवटा बाडामा काँग्रेसका उम्मेद्वारहरु विजयी भएका छन् ।

वडा नं. १, ३, ६, ८ र २७ मा नेपाली काँग्रेसका उम्मेद्वारहरु वडाध्यक्षमा विजयी भएका छन् । त्यस्तै वडा नं. २, ४, ५, ७, ९, १०, ११, १२, २८ र २९ नम्बर वडामा एमालेका उम्मेद्वारहरु वडाध्यक्ष पदमा विजयी भएका छन् । एमालेलाई धेरै मत आउने भरतपुरका १०, ११ र १२ नम्बर वडाको मत गणना सकिएको छ । यी वडाहरुको मत गणना सकिदा एमालेले तीन हजारभन्दा केही बढी मतले अग्रता कायम गरेको थियो।

भरतपुरमा एमालेले राम्रो मत ल्याएर फराकिलो मतान्तर कायम गर्ने सम्भावना भएका वडाहरुको मत गणना सकिएको छ । अबको वडाहरुमा एमालेको मत कम आउन सक्ने सम्भावना छ । भरतपुरमा अब वडा नं. १३ को मत गणना सुरु हुने छ । जुन वडामा माओवादी बलियो हुने अपेक्षा छ । मेयरमा एमाले उम्मेद्वार देवि ज्ञवालीले बनाएको अहिलेको मत अन्तर अब क्रमशः कम हुँदै जाने अड्कल गरिएको छ।

प्रकाशित: ९ जेष्ठ २०७४ ११:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App