coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेको विरोधले सदन चल्न सकेन, दाहालको सम्बोधन अनिश्चित

राजीनामा दिन संसद भवन पुगेका प्रधानमन्त्री दाहाल। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं— प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गर्ने जनाउ दिएपछि १ बजेका लागि बोलाइएको संसद बैठक अझै सञ्चालन हुन सकेको छैन। संविधानको व्यवस्था र निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकारले स्थानीय तह संख्या थप गरेको भन्दै एमालेले सदन अवरुद्ध गर्ने जनाएपछि संसदको सत्र अनिश्चित बनेको हो।

'स्थानीय तहको संख्या बढाउने कार्य संविधानविपरित छ। निर्वाचन आचारसंहिता पनि विपरित छ', एमाले नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भने, 'यसको विरोधमा हामीले संसद अवरुद्ध गर्छौं।'

'स्थानीय तहको संख्या बढाउने कार्य संविधानविपरित छ। निर्वाचन आचारसंहिता पनि विपरित छ', एमाले नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भने, 'यसको विरोधमा हामीले संसद अवरुद्ध गर्छौं।'

एमालेको विरोधका कारण प्रधानमन्त्री दाहालको संसदबाट राजीनामा घोषणा गर्ने कार्यक्रम एकै दिन दुई पटक पर सार्नु परेको छ। विरोधका कारण प्रधानमन्त्री दाहालको सम्बोधन अनिश्चित भएको छ।

एमालेले सदन अवरुद्ध गर्ने थाहा पाएपछि प्रधानमन्त्री दाहालको सम्बोधन स्थगित गर्दै मुख्य तीन दलका नेताहरुबीच संसद भवन नयाँ वानेश्वरमा छलफल चलिरहेको छ। छलफलमा प्रधानमन्त्री दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा एवं दोस्रो तहका एमाले नेताहरु सहभागी छन्।

संसद भवनमा सदन सञ्चालनकाे प्रयास भइरहँदा एमाले अध्यक्ष केपी शर्मा ओली स्थानीय तह थप्ने निर्णयमा छलफल गर्ने कार्यक्रममा सहभागी भइरहेका थिए।

प्रकाशित: ९ जेष्ठ २०७४ ११:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App