८ वैशाख २०८१ शनिबार
राजनीति

मन्त्रिमण्डलको अन्तिम तस्विर खिचियो

मंगलबारको मन्त्रिपरिषद बैठकपछि खिचिएको सामूहिक तस्विर। तस्विर सौजन्यः प्रकाश दाहाल/फेसबुक

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिने अन्तिम तयारी गरेका छन्। मंगलबार बसेको मन्त्रिपरिषद बैठकपछि उनले मन्त्रीहरुसँग बसेर सामूहिक तस्विर खिचाए।

'संसदलाई सम्बोधन गर्दै सरकारका उपलब्धिको व्याख्या गर्ने र राजीनामाको घोषणा गर्ने तय भएको छ', दाहाल निकट स्रोतले भन्यो, 'संसदलाई सम्बोधनपछि राष्ट्रपति समक्ष उहाँले राजीनामा गर्ने तयारी छ।'

अन्तिम तस्विर खिचेपछि दाहाल संसदलाई सम्बोधन गर्न नयाँ वानेश्वरतर्फ लागेका छन्। उनले आजै संसदलाई सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका हुन्। प्रमुख प्रतिपक्षी एमालेले सदन अवरुद्ध नगरे उनले सदनबाटै राजीनामा दिनेछन्। चुनाबको मुखमा स्थानीय तह थप गर्ने निर्णयप्रति एमालेले अापत्ति जनाएको छ।

'संसदलाई सम्बोधन गर्दै सरकारका उपलब्धिको व्याख्या गर्ने र राजीनामाको घोषणा गर्ने तय भएको छ', दाहाल निकट स्रोतले भन्यो, 'संसदलाई सम्बोधनपछि राष्ट्रपति समक्ष उहाँले राजीनामा गर्ने तयारी छ।'

सरकार निर्माणका बेला कांग्रेससँग भएको समझदारी अनुसार दाहालले राजीनामा दिन लागेका हुन्। दुई दलबीचको समझदारीअनुसार दाहालपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्। माओवादी सचिवालय बैठकले प्रधानमन्त्रीको राजीनामाबारे आधिकारिक निर्णय गरिसकेको छ।

प्रकाशित: ९ जेष्ठ २०७४ १०:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App