५ वैशाख २०८१ बुधबार
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाली पूर्व राष्ट्रपति अन्तिम सुनुवाईका लागि अदालतमा

भ्रष्टाचार तथा शक्तिको दुरुपयोग गरेको आरोपमा महाअभियोग लगाइएकी दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क गुइन हेलाई  अन्तिम सुनुवाईका लागि अदालतमा उपस्थिती गराइएको छ।

उनीमाथि लगाइएको अभियोग प्रमाणित भएमा उनलाई जन्म कैदको सजाय हुन सक्ने बताइएको छ। यस अघि  गरिएको एक फैसलामा उनलाई दोषी भएको ठहर गरेपछि उनलाई अन्तिक फैसलाका लागि अदालत उपस्थित गराइएको हो ।

उनलाई  राज्यको सम्पति दुरुपयोग गरेको र आफ्नी साथी चोईसँग मिलि भ्रष्टाचार गरेको आरोपमा महाअभियोग लगाइएको थियो।  उनीमाथि मुलुकको गोप्य सूचना समेत पर्दाफास गरेको आरोप सहित अन्य १८ अभियोग  छन्। उनी माथि लगाइएको अभियोग १ लाख २० हजार पाना भएको दक्षिण कोरियाली सञ्चार माध्यमहरुले जनाएका छन्। हेले भने आफुमाथि लगाइएको आरोपलाई अस्वीकार गर्दै आइरहेकी छिन्।

प्रकाशित: ९ जेष्ठ २०७४ ०९:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App