coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भरतपुर मतगणनाः वडामा काँग्रेसले अग्रता लिँदा रेणुले घटाउन सकिनन् मतान्तर

एमालेका मेयर प्रत्यासी ज्ञवाली र माओवादीकी दाहाल

चितवन— भरतपुर महानगरपालिकामा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली माओवादीकी रेणु दाहालभन्दा ३ हजार ७१२ मतले अगाडि पुगेका छन्। वडा नं. २७ को मतगणनामा काँग्रेसका वडा अध्यक्ष उम्मेदवार एमालेभन्दा अगाडि छन्। मेयरमा भने रेणु दाहालले मतअन्तर घटाउन असमर्थ देखिएकी छिन्।

एमालेका ज्ञवाली २५ हजार ६९० का साथ अग्रता लिइरहेका छन्। माओवादीकी दाहाल २१ हजार ९७८ मतका साथ एमालेका ज्ञवालीलाई पछ्‌याइरहेकी छिन्। मत गणना जारी रहेको २७ नम्बर वडाको अध्यक्षमा काँग्रेस उम्मेदवारले अग्रता लिइरहेका छन्। काँग्रेसको रुखमा ७५७ मत परेको छ भने एमालेको सूर्यमा ७३६ मत गएको छ। सो वडामा ३ हजार ५१९ मत खसेको छ।

वडा नं. २७ को मतगणनामा काँग्रेसका वडा अध्यक्ष उम्मेदवार एमालेभन्दा अगाडि छन्। मेयरमा भने रेणु दाहालले मतअन्तर घटाउन असमर्थ देखिएकी छिन्।

मतगणना भएका १४ मध्ये १० वडामा एमाले विजयी भएको छ। भरतपुर महानगरपालिकामा काँग्रेस माओवादीबीच चुनाबी तालमेल छ। तालमेलपछि चितवन काँग्रेसमा देखिएको सुरुवाती असन्तोषले मत परिणाममा असर पार्छ कि पार्दैन भनेर भरतपुरको मत परिणाम प्रति धेरैको चासो छ।

मतगणना घोषणा भएका १३ मध्ये ९ वडामा एमाले विजयी भएको छ। पछिल्लो पटक वडा नं. २८ मा एमालेका आबशबहादुर कुमाल विजयी भएका हुन्। भरतपुरमा सत्तारुढ काँग्रेस-माओवादीबीच चुनाबी तालमेल छ। प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री रेणु दुवै दलकी संयुक्त उम्मेदवार हुन्।

तालमेलपछि चितवन काँग्रेसमा देखिएको सुरुवाती असन्तोषले मत परिणाममा असर पार्छ कि पार्दैन भनेर भरतपुरको मत परिणाम प्रति धेरैको चासो छ। भरतपुरमा काँग्रेस बलियो अवस्थामा रहेका कारण काँग्रेसलाई जाने आधाभन्दा केही बढी मत रेणु दाहाललाई आए उनले चुनाव जित्ने आँकलन छ।

भरतपुरमा अहिलेसम्म १३ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ। १३ मध्ये एमाले ९ वटामा विजय भएको छ भने काँग्रेसले ४ वडा जितेको छ। कूल २९ वटा वडा रहेको भरतपुरमा १३ को परिणाम घोषणा भइसकेको छ। वडा नं. १२ मतगणना जारी छ।

नेकपा (एमाले)ले वडा नं. २, ४, ५, ७, ९ , १०, ११, १२, २८ २९ गरी १० वटा वडामा वडाध्यक्ष जितेको छ। नेपाली काँग्रेसका उम्मेद्वारले १, ३, ६ र ८ नम्बर वडामा वडाध्यक्ष जितेका छन्। अहिलेसम्म वडाध्यक्षमा माओवादी उम्मेद्वार वडा नं. ६ मा दोस्रो र अरु वडाहरुमा तेस्रो स्थानमा छ।

भरतपुरमा कुल एक लाख १२ हजार मत खसेको छ। काँग्रेस माओवादी गठबन्धनबाट भरतपुरमा मेयर पदमा उठेकी माओवादी उम्मेद्वार रेणु दाहाल प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी हुन्। काँग्रेस र माओवादीबीच केन्द्रीय तहमा तालमेल भएर मेयर पदका काँग्रेस उम्मेदवारको उम्मेदवारी पनि केन्द्रबाट आएकै पत्रका आधारमा फिर्ता भएको थियो।

भरतपुरमा तुलनात्मक रुपमा बलियो मानिएको काँग्रेसले मेयर पद नै फिर्ता गर्नु परेपछि जिल्लामा कार्यकर्ताहरु निकै आक्रोशितसमेत भएका थिए। पछि जिल्ला तहका नेताहरुले संयुक्त कार्यक्रम गरेर मतदाताको मन जित्ने प्रयास गरेका थिए। माओवादी अध्यक्ष दाहाल र काँग्रेस सभापछि शेरबहादुर देउवाले भरतपुरमा संयुक्त रुपमा अन्तिम चुनावी सभालाई सम्बोधन गरेका थिए।

प्रकाशित: ९ जेष्ठ २०७४ ०८:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App