सांगीतिक कार्यक्रममा बम विष्फोट हुँदा कम्तिमा २२ जनाको मृत्यु

मङ्गलबार, ०९ जेठ २०७४, १३ : ०१ एजेन्सी

लन्डन- म्यान्चेस्टर सहरको सांगितिक कन्सर्टमा बम विष्फोट हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ। घटनामा कम्तिमा ५९ जना घाइते भएको बीबीसीले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले सहानुभूति प्रकट गरेकी छन्। उनले घटनालाई २१औं शताब्दीको आतंकवादी क्रियाकलापको पराकाष्ठा भएको बताएकी छन्। घटनाको छानबिन गर्न उनले उच्चस्तरीय टोली गठन गर्न निर्देशनसमेत दिएकी छन्।

म्यान्चेस्टर एरिनामामा आयोजित कार्यक्रममा एक अमेरिकी गायिकाले आफ्नो प्रस्तुति दिइरहेका बेला बम विष्फोट गराइएको थियो। विष्फोटपश्चात् सांगीतिक माहोलमा सन्नटा छाएको थियो।

शक्तिशाली विष्फोटले आसपासका भौतिक संरचनासमेत हल्लिएको बीबीसीले उल्लेख गरेको छ। प्रहरी अनुसन्धानमा शंकास्पद वस्तुहरु फेला परेको छ। प्रहरीले घटनास्थललाई घेराबन्दी गरी अनुसन्धान थालेको छ।

बीबीसी संवाददाता टम मुलेनका अनुसार घटनास्थलमा धेरै संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ। सर्वसाधारणलाई घटनास्थल प्रवेशमा रोक लगाइएको छ भने अनुसन्धानका लागि घटनास्थलको क्षेत्र विस्तार गरिएको छ। कन्सर्टमा अधिकांश किशोर किशोरीहरुको उपस्थिति थियो।








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad