१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

यासिर शाह चम्किँदा पाकिस्तानको सानदार जित

लड्स–लेग स्पिनर यासिर शाहा चम्कदाँ पाकिस्तानले घरेलु टोली इङल्याण्डमाथि ७५ रनको सानदार जित हात पारेको छ ।
पहिलो टेस्टको चौथो दिन २ सय ८३ रनको विजयी लक्ष्यका साथ मैदनमा उत्रिएको इङल्याण्ड २०७ रनमा अलआउट भएको थियो ।

दोस्रो इनिङसमा पाकिस्तान २१५ रनमा अलआउट  भएको थियो । उसकालागि असद शाफिकले सर्वाधिक ४९ रनको योगदान दिएका थिए । पहिलो इनिङसमा  पाकिस्तानले कप्तान मिसबाह उल हकको शतकको मद्दतमा ३३९ रनमा पाली समाप्तिको घोषणा गरेको थियो। इङल्याण्डले पहिलो इनिङसमा मात्र २७२ रन बनाउन सकेको थियो ।

पहिलो इनिङसमा ६ विकेट लिएका शाहले दोस्रो इनिङसमा ६९ रन दिदै  थप चार विकेट लिएका थिए । योसँगै उनले टेस्ट क्रिक्रेटमा पहिलो पल्ट १० विकेट लिएका हुन् । लड्समा पाएको यस जितसँगै पाकिस्तानले चार टेस्टको श्रृखलामा १–० को अग्रता लिएको छ ।

 

प्रकाशित: ३ श्रावण २०७३ ०८:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App