७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

सगरमाथा आरोही भारतीय नागरिक मृत फेला

काठमाडौं—सगरमाथा आरोहणका क्रममा बेपत्ता भएका एक भारतीय नागरिक मृत्त अवस्थामा फेला परेका छन्। गत शनिबारबाट बेपता २७ वर्षीय रवि कुमार नाम गरेका उनी भारतको उत्तरी प्रदेशको नागरिक भएको खुलेको छ।

शेर्पा उद्धार समाजका कर्मचारीहरूले शनिबारदेखि बेपता उनलाई सोमबार मृत्त अवस्थामा फेला पारेको समाजका कर्मचारी थुप्देन शेर्पाले बताए।  युवक ६५० फिट  तल खसेको शेर्पाले बताए । 

यसै हप्ता मात्र सगरमाथा आरोहणका शिलशिलामा एक अमेरिकी, श्लोभाकियन र अष्ट्रेलियन गरी तीन जना विदेशीहरू मृत्त फेला परेका थिए। 

पर्यटन विभागका अनुसार तीन विदेशी पर्वतारोहीहरुलाई आइतबार मृत्त अवस्थामा फेला पारिएको हो । गत हप्ताबाट मौसममा आएको प्रतिकूलताका कारण यसरी पर्वतारोहीहरूको मृत्यु भएको विभागको भनाई रहेको छ। 

नेपाल पर्यटन विभागका अनुसार यसै वर्ष मात्रै ३७१ को संख्यामा मानिसहरूले पर्वतारोहणको लागि स्वीकृति लिइसकेका छन्।

प्रकाशित: ८ जेष्ठ २०७४ ११:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App