८ वैशाख २०८१ शनिबार
राजनीति

जागिर पछिको राजनीतिक जीवन

मुगु-  जीवनको लामो समयावधिसम्म जागिर खायो , सम्पति आर्जन गर्‍यो, छोरा छारीलाई पढायो तर जागिरे जीवनको अतार्धमा आएर एकै चोटी राजनितीमा प्रबेश गर्नु सहज होला कि नहोला भन्ने प्रश्न आउनु स्वभाविकै हो।

 दुई दशक पछि भएको स्थानीय निर्वाचनमा जिल्लामा त्यस्तै देखिएको छ। लामो अवधीसम्म आफ्नो घर परिवार, आफ्नो भविष्य निर्माण तर्फ केन्द्रीत हुने र अन्त्यमा आएर सबै सवै जीवन राजनितीमा विताएका कार्यकर्तालाई पछि पार्दै प्रमुख पदका दावेदार भएर आउँदा राजनीतिक दलका ईमान्दार नेता कार्यकर्तामा नैराश्यता उत्पन्न हुने गरेको पाईएको छ।

 जागिरे जीवन छोडेर राजनीतीमा होमिनेको संख्या पनि छ। वडा तह देखि नगर पालिकासम्म राजनीतीक दलहरुले लामो समयसम्म राजनीतीक गरेका भन्दा  लामो समयसम्म जागिरमा रहेकाहरुलाई जिम्मेवार पदमा ल्याएका छन। छायाँनाथ नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका तर्फबाट हरिजंग शाही विजयी भएका छन भने उप प्रमुखमा नेकपा एमालेका तर्फबाट सुन्तला रोकाया विजयी बनेकी हुन । शाही प्रमुखको पदमा उम्मेदवार बन्नु अघि जिल्ला स्वास्थ्य कार्यालयका स्थायी स्वास्थ्यकर्मी थिए भने रोकाया स्थायी शिक्षक।

जागिरे जीवनमा खुला राजनीतिमा नदेखिए पनि कर्मचारी , शिक्षकका संगठनमा रहेर काम गरेको, निश्चित क्षेत्रमा जागिरे जीवन चल्छ भने पनि त्यो समाज सेवा नै भएको र आफुलाई जागिरे जीवन र त्यस पछिको राजनीति जीवन कुनै अन्तर नदेखिएको शाहीको तर्क छ। शिक्षक पेशामा रहँदा विद्यार्थी र अभिभावक बिचमा सिमित रहे पनि राजनीतिमा प्रबेश पछि बालबालिका , युवा, बृद्ध बृद्धा, महिला सबैसंग घुलमिल हुनु पर्ने भएकाले केही असहज र काम गर्न पनि सुरुमा केही असहजता देखिन सक्ने नगरपालिकाका उप प्रमुख सुन्तला रोकायाको भनाई छ।

 कर्मचारी रहँदा प्रशासनिक, नितीगत कुरा गर्ने , सेवा ग्राहीलाई सेवा प्रदान गर्दा सेवक नभएर मालिक भएको महशुस गरिरहेका कर्मचारी एकै चोटी राजनीतिमा आउँदा समाजका सबै विचार, शिद्धान्त र सोच भएका मान्छेसंग काम गर्न त ठुलै चुनौती हुने रारा बहुमुखि क्याम्पसको क्याम्पस प्रमुखको पदबाट राजिनामा दिएर छायानाथ रारा नगर पालिकाको वडा नम्बर ५ का वडा अध्यक्ष बनेका डम्बर रावलले बताए ।  यसरी जागिरे जीवन पछि राजनीतिमा प्रवेश गर्नेहरुमा खत्याड गाउँ पालिकामा एमाले तर्फ उप प्रमुख बनेकी जयानन्दा रावल र सोरु गाउँ पालिकामा उप प्रमुख बनेकी राज्यलक्ष्मी मल्ल दुवै जना शिक्षक छोडेर राजनीतिमा आएका हुन।

प्रकाशित: ८ जेष्ठ २०७४ १०:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App