coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

पत्रकार कोषका लागि लन्डनमा ३० लाख संकलन

लन्डन- नेपालमा कार्यरत पत्रकारहरु तथा बेलायतस्थित नेपाली समुदायको सहयोगार्थ नेपाल पत्रकार महासंघ युकेले च्यारिटी डिनर आयोजना गरेको छ। कोष खडा गर्ने उद्देश्यका साथ महासंघ युके शाखाले च्यारिटी डिनर आयोजना गरेको हो।

वेलायतस्थित बिभिन्न सामाजिक संघसँस्थाको उपस्थितीमा भएको सो कार्यक्रममा ३० लाख रुपैयाँ भन्दा बढी संकलन भएको छ।

आइतबार बेलुकी अल्डरशटस्थित एम्पायर ब्याङ्क्वेटिङ हलमा आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतस्थित नेपाली सन्चार माध्यमले नेपाल र बेलायत तथा बेलायतस्थित नेपाली समुदायबीच पनि पुलको काम गरिरहेको भन्दै प्रशंसा गरे।

कार्यक्रममा शुभकामना दिँदै गैरआवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक कुल आचार्यले एनआरएनले नेपाली सन्चार जगतसंग सँधै सहकार्य गर्दै अगाडि बढीरहेको बताए।

कार्यक्रममा एनआरएन युकेका अध्यक्ष मुछेत्र गुरुङ, डार्टफोर्डमा लेबर पार्टीबाट संसद सदस्यका उम्मेदवार डा. बच्चुकैलाश कैनी, ब्लाइण्ड रक्सकी संस्थापक सृष्टि केसी लगायतले मन्तव्य व्यक्त गरे।

नेपालबाट आएका लक्ष्मी प्रतिष्ठानका अध्यक्ष बिष्णु गौतमले चितवन जिल्लाको लोथरमा १६३ जना चेपाङ बालबालिकालाई राखेर सन्चालित छात्रावास तथा पठनपाठनमा मासिक साढे छ लाख जति खर्च भैरहेको जनाए उक्त मानवीय काममा सघाउनुहुने सबै बेलायतवासी नेपालीहरुलाई हार्दिक धन्यवाद व्यक्त गरे।

आयोजक नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीले पत्रकारहरुद्वारा आयोजित कार्यक्रममा उत्साहजनक सहभागिता र सहयोगकाला‌गि बेलायतस्थित सबै नेपाली संघसंस्था र सहयोगदाताहरुलाई धन्यवाद दिए ।

उनले कार्यविधि बनाइ कोषलाई पारदर्शी ढँगबाट सन्चालन गर्ने उद्देश्यले वरिष्ठ समाजसेवी डा राघब धिताल, समाजसेवी सूर्य गुरुङ तथा नेपाल पत्रकार महासंघ युकेका सल्लाहकार भगीरथ योगी रहेको तीन सदस्यीय सन्चालक समिति गठन गरिएको जानकारी दिए। सो अवसरमा डा धितालले पत्रकारहरुको हितकालागि गठन गर्न लागिएको कोषलाई सही ढँगले सन्चालन गर्न आफुहरुले काम गर्ने विश्वास दिलाए।

कार्यक्रमको दोश्रो भागमा आयोजित सांस्कृतिक कार्यक्रममा शर्मिला बर्देवा, गीता पाइजा, लालीमाया बुढाथोकी लगायतका कलाकारहरुले आफ्ना लोकप्रिय गीतहरुबाट सहभागीहरुको मनोरन्जन दिलाए। कार्यक्रममा नृत्यहरु पनि प्रस्तुत गरिएका थिए।

राजदूतको पुस्तक विमोचन

सोही अवसरमा नेपाली दूतावास लन्डनद्धारा प्रकाशित तथा वेलायतका लागि नेपाली  राजदूत सुवेदीद्धारा सम्पादीत “२०० इयर्स अफ नेपाल(ब्रिटेन रिलेशन्स”  नामक पुस्तकको समेत विमोचन गरिएको थियो। सो पुस्तकको विमोचन नेपालपत्रकार महासंघ यूके शाखाका पूर्वअध्यक्षद्धय चिरन शर्मा, नविन पोखरेल, पत्रकारहरु भगिरथ योगी, विश्वदिप तिगेला, हरि गुरुङ,सोनाम शेर्पा लगायतले संयुक्त रुपमा गरे । ४०५ पृष्ठ मोटो सो पुस्तकमा नेपाल — भारत र वेलायत बीच भएको सुगौली सन्धि लगायत नेपाल— वेलायत सम्वन्धका बिभिन्न आयामहरु समेटिएका दस्तावेज समावेस गरिएका छन्।

 सोही अवसरमा पत्रकार दूत पुनद्वारा लिखित  कथा संग्रह अर्ली भाइको समेत विमोचन गरिएको थियो।

 

 

 

 

 

 

प्रकाशित: ८ जेष्ठ २०७४ १०:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App