६ वैशाख २०८१ बिहीबार
समाज

कलंकीको कोठामा बोलाएर युवती बलात्कार गर्ने दुई पक्राउ

काठमाडौं— कलंकीस्थित आफ्नो कोठामा बोलाएर युवती बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ सिजुवा-८ घर भएका २९ वर्षीय राजेन्द्र पोखरेल र विराटनगर घर भएका २४ वर्षीय अग्रज चौधरी छन्।

पोखरेलले रामेछाप बेथान-५ स्थायी घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने २० वर्षे एक युवतीलाई बलात्कार गरेका थिए। चुनाबको दिन उनले बलात्कार गरेको जाहेरी प्रहरीमा परेको छ। यसैगरी चौधरीले चौधरीले समेत जेठ १ गते ती महिलालाई आफ्नो कोठामा लगेर जबरजस्ती करणी गरेको भनी जेठ ७ गते प्रहरी वृत्त कालिमाटीमा उजुरी परेको थियो।

प्रहरीले दुवै जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित: ८ जेष्ठ २०७४ ०८:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App