६ वैशाख २०८१ बिहीबार
राजनीति

ललितपुर-२२ मा माओवादी उम्मेदवारको २ मतको रोमाञ्चक जित

ललितपुर— निर्वाचनमा प्रत्येक भोट मूल्यवान हुन्छ भनिन्छ। यो भनाई ललितपुर महानगरपालिकाको जारी मतगणनामा प्रत्यक्ष देखिएको छ। २२ नं.वडाका माओवादी वडाअध्यक्ष प्रत्यासी अम्बिराज शाक्यले दुई मतको रोमाञ्चक जित हात पारेका छन्।

२२ नं.वडाका माओवादी वडाअध्यक्ष प्रत्यासी अम्बिराज शाक्यले दुई मतको रोमाञ्चक जित हात पारेका छन्।

१ हजार २७२ मत ल्याएर उनी विजयी भए। उनका निकटम प्रतिद्वन्द्वी एमालेका प्रेमराज महर्जन उनीभन्दा २ मत कम पाएर पराजय व्यहोर्न बाध्य भए। उनले १ हजार २७० मत पाए। तेस्रो स्थानमा चित्त बुझाएका काँग्रेस उम्मेदवारलाई ६७० मत पर्‍यो।

ललितपुर महानगरकै २१ नम्बर वडा माओवादीले जितेको छ। माओवादीका रवीन्द्र महर्जन १ हजार २३५ मत पाएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका मदनकृष्ण डंगोलले ९७५ मत पाए।

प्रकाशित: ८ जेष्ठ २०७४ ०७:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App