coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मध्यपुर थिमिमा मिश्रित परिणाम

भक्तपुर  – भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा मिश्रित परिणाम आएको छ । नेपाली कांग्रेस, एमाले, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र उम्मेदवारको मिश्रित परिणाम आएको हो । 

नगरपालिकाको मेयरमा एमाले र नेमकिपाको संयुक्त गठनबन्धनकोतर्फबाट एमालेका मेयर उम्मेदवार मदनसुन्दर श्रेष्ठ विजयी भएका छन् । उनले १४ हजार ३ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अष्टकुमार कबेले १० हजार ८ सय ४६ मत ल्याएका छन् । नवनिर्वाचित मेयर श्रेष्ठले ३ हजार १ सय ५७ मतको अन्तरले जित आफनो पोल्टामा पार्न सफल भएका हुन्।

उपमेयरमा भने एमाले नेमकिपा गठनबन्धनकोतर्फबाट नेमकिपाका उपमेयर उम्मेदबार केदार खडका पराजित भएका छन् । उपमेयरमा नेपाली काँग्रेसका अन्जना मधीकर्मी विजयी भएका छन् । उनले १० हजार ६ सय ६५ मत प्राप्त गरेकी छन् । एमाले नेमकिपा गठबन्धनका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका उम्मेदवारले खड्काले ८ हजार१ सय २३ मत ल्याएर पराजित भएका छन् । 

मध्यपुर थिमिमा नौ वटा वडाहरु छन् । ती वडामध्ये काँग्रेसले सबैभन्दा बढी वडा जितेको छ । कांग्रेसले ६, एमालेले एक, नेमकिपाले एक र स्वतन्त्रले एक वटा वडामा वडा अध्यक्ष जितेको छ । 

प्रकाशित: ८ जेष्ठ २०७४ ०५:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App