७ वैशाख २०८१ शुक्रबार
राजनीति

चार महानगरसहित ११ स्थानको मतपरिणाम आउन बाँकी

काठमाडौं—स्थानीय तह पहिलो चरण अन्तर्गत भएको निर्वाचनको अब ११ स्थानको मतपरिणाम आउन बाँकी छ। कूल २८३ मध्ये २७२ स्थानको परिणाम सार्वजनिक भएको हो।

परिणाम आउन बाँकी रहेका स्थानहरु धेरै मतसंख्या भएका महानगरपालिका एवं ढिलोगरी निर्वाचन भएका स्थानीय तहहरु छन्। 

काठमाडौं, ललितपुर, पोखरा, भरतपुर महानगरपालिकामा वैशाख ३१ गते निर्वाचन सम्पन्न भएलगत्तै मतगणना जारी छ। महानगर एवं मतदाता संख्या बढी भएका नगरपालिकाहरुमा निर्वाचन लगत्तैदेखि गणना भइरहेको छ। 

भक्तपुरको चाँगुनारायण नगरपालिका, कालिकोटको नरहरिनाथ गाउँपालिका एवं दोलखाको मेलुङमा पछि निर्वाचन भएको थियो।

मतपरिणाम आउन बाँकी

काठमाडौं महानगरपालिका
पोखरा लेखनाथ महानगरपालिका
भरतपुर महानगरपालिका
ललितपुर महानगरपालिका
हेटौंडा उपमहानगरपालिका
चाँगुनारायण नगरपालिका
चितवनको खैरनी नगरपालिका
कागेश्वरी मनहरा नगरपालिका
बुढानिलकण्ठ नगरपालिका
कालिकोटको नरहरिनाथ गाउँपालिका
दोलखाको मेलुङ

प्रकाशित: ८ जेष्ठ २०७४ ०५:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App