१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मध्यपुरथिमिको प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस अगाडि

भक्तपुर- मध्यपुरथिमि नगरपालिका-८ को वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार देवकृष्ण मथः श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले एक हजार ४२ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटमत प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिलकृष्ण प्रजापतिले ९९२ मत प्राप्त गरेका थिए।

त्यसैगरी महिला वडा सदस्यमा नेपाली कांग्रेसकी रमिता जिमा (साय श्रेष्ठ), दलित महिला सदस्यमा एमालेकी मन्दिरा थापा नेपाली, सदस्यमा नेपाली काँग्रेसका दिपेन धिके र अर्का सदस्यमा नेमकिपाका रमेश थापा श्रेष्ठ विजयी भए।

मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठ १३ हजार ८६ मतका साथ अग्रस्थानमा छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अष्ट कवेँ नौ हजार ८९१ मतले पछाडि छन्।

उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार अञ्जना मधिकर्मी नौ हजार ९२९ मतका साथ अग्रस्थानमा छिन् भने नेमकिपाका उम्मेदवार केदार खड्का सात हजार ३५६ मतका साथ पछाडि छन्। मध्यपुरथिमि नगरपालिका–९ को मतगणना सुरु भएको छ भने आज रातिसम्ममा अन्तिम परिणाम आउने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । रासस

प्रकाशित: ८ जेष्ठ २०७४ ०३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App