६ वैशाख २०८१ बिहीबार
समाज

माछा मार्ने क्रममा एकको मृत्यु

नुवाकोट- नुवाकोटमा माछा मार्ने क्रममा करेन्ट लागेर उक जनाको मृत्यु भएको छ। शिवपुरी गाँउपालिका वडा नम्बर ७ सुनखानीमा रहेको लिखु खोलामा करेन्ट लागाएर माछा मार्ने क्रममा २२ वर्षका राजु नेपालीको मृत्यु भएको हो।  शिवपुरी गाँउपालिकाको वडा नम्बर ८ थानापतीका नेपालीले नजिकै रहेको विद्युतीय खम्बाबाट विद्युत चोरी गरेर करेन्ट लगाई माछा मार्ने क्रममा विद्युत गढबढ भएर मृत्यु भएको प्रहरीको भनाई छ। आइतबार दिउँसो २ वजेतिर नेपाली सहित अन्य दुई जना माछा मार्नको लागि खोलामा गएका थिए।

प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार नेपालीसँगै माछा मार्न गएका गोपाल सुनार र नवराज विश्वकर्मालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

 

 

प्रकाशित: ७ जेष्ठ २०७४ १४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App