एकल महिलाको भवनमा डोजर

आइतबार, ०७ जेठ २०७४, १२ : ३६ नागरिक

रोल्पा – सदरमुकाम लिवाङस्थित मानव अधिकारका लागि महिला एकल महिला समूहको पक्की भवन डोजर लगाएर भत्काइएको छ । 

तत्कालीन जिविस रोल्पाको रु चार लाख, एकल महिलाको मासिक बचत सङ्कलनबाट उठेको रकम तथा एकल महिलाको जनश्रमदानसमेत गरी रु सात लाख ५० हजारको लागतमा निर्मित सो भवन जबर्जस्ती भत्काइएको समूह रोल्पाका अध्यक्ष तुलसा आचार्यले बताए ।  

साबिक लिवाङ गाविससँग मौखिक सम्झौता गरी सो भवन बनाइए पनि नगरपालिका बनेपछि भवन भत्काउन जबर्जस्ती आदेश दिइएको आचार्यले बताए। वडा कार्यालय बनाउने भन्दै सो भवन डोजर लगाएर भत्काइएको समूहले जनाएको छ । भवनमा एकल महिलाको लगानीमा चमेना घर र कार्यालय सञ्चालन हुँदै आएको थियो । 

नगरपालिकाले सो भवन भत्काएको नभई १५ दिने सूचना प्रकाशन भएपछि एकल महिलाले आफैँ भवन भत्काएको नगरपालिकाका कार्यकारी अधिकृत कमानसिं थापाले बताए । “सम्झौताबिना नै आफ्नो जग्गामा भवन बनाएको देखिएकाले सो भवन भत्काउन सार्वजनिक सूचना गरेका हौँ” थापाले भने । एकल महिलाले भवन बनाएको स्थानमा आफूहरुले वडा कार्यालय बनाउन लागेका कारण भवन भत्काउनुपरेको थापाले जानकारी दिए।

समूहले घडेरीको व्यवस्था गरेमा नगरपालिकाको आर्थिक सहयोगबाट सानो भवन बनाउन सहयोग गर्न सकिने थापाले बताए। समूहसँग बसेर सल्लाह गरेर भवन भत्काइएको नेपाली काँग्रेस नगर संयोजक चन्द्रप्रकाश आचार्यले बताए । नगरपालिकाको पुरानो भवनमा तत्कालका लागि कार्यालय सञ्चालन गर्ने सहमतिअनुसार भवन भत्काइएको उनले बताए। जग्गा खोजेमा आगामी आवको बजेटबाट रु ५० लाख सहयोग गरी भवन बनाइदिने सहमति समेत भएको आचार्यले बताए। 

नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष पूर्णबहादुर केसीले समूहको कार्यालय सञ्चालनको वैकल्पिक व्यवस्थाका लागि सहयोगका साथै सम्बन्धित निकायमा समन्वय गरिने बताए । रासस 






यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत शनिबार आफ्नो गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम...

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर र ट्रिपर सार्वजनिक

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर र ट्रिपर सार्वजनिक

नेपालको औधोगिक तथा ब्यबसायिक घराना माझ लोकप्रीय तथा देशको आर्थिक विकासमा सर्मपित एम. भी. दुगड़ ग्रुप नेपालको सफल ब्यबसायी दुगड...

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अब विकास...

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

टाटा मोटर्स् नेपालको लागि एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि द्वारा दशैं वम्पर लक्की ड्र को उपहार घोषणाको कार्यक्रम...

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

ब्लड बैंक सेवालाई पुन सुचारु गरी  सञ्चालनमा ल्याउन राउन्ड टेबल नेपाल र कान्ति बाल अस्पताल बिच सम्झौता भएको छ। ...

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

भक्तपुरको सल्लाघारीमा गत शुक्रबारदेखि सुरु भएको एक्स्पो आइतबारसम्म करिब पाँच हजारभन्दा धेरैले अवलोकन गरेको महासंघले जनाएको छ। ...

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंक लिमिटेडले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ। ...

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

नेपाल भ्रमण वर्ष २०२० को आन्तरिक र अन्तर्राष्ट्रिय प्रचारका लागि नेपाली कलाकारहरू ७ फीट ह ६ फीट को आकारका १०८...

Ncell Footer Ad