coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ईश्वरको नाममा सपथ लिएनन् भक्तपुरेले

भक्तपुर— भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको शपथग्रहण आइतबार भएको छ। शपथ ग्रहण कार्यक्रममा कोही पनि नवनिर्वाचित जनप्रतिनिधिहरुले ईश्वरको नाममा सपथ लिएनन्।

मुख्य निर्वाचन आयुक्त भोजराज शर्माले ईश्वर, देश अथवा जनताको नाममा सपथ लिन्छु भनी सपथको व्यहोरा पढ्दा प्रमुख, उपप्रमुख र वडाध्यक्षमध्ये कसैले पनि ईश्वर शब्द उच्चारण गरेनन्। उनीहरुले ईश्वर शब्दको उच्चारण नगरी ‘देश र जनताको नाममा’ भन्ने बाक्य बोलेका थिए ।

प्रमुख, उपप्रमुख र वडाध्यक्षसहित सबै प्रतिनिधिहरुले नेपाल मजदुर किसान पार्टीको नीतिअनुसार त्यसो गरेको बताइएको छ। यसअघि पनि सांसदको सपथमा नेमकिपाका सांसदहरुले ईश्वर शब्द बोलेका थिएनन्।
 

प्रकाशित: ७ जेष्ठ २०७४ ०६:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App