४ वैशाख २०८१ मंगलबार
समाज

प्रहरी र तस्करबीच झडप, म्यादी प्रहरीको खुट्टा भाँच्चियो

बारा- खजानी नाकामा सुरक्षामा खटेका सुरक्षाकर्मी र तस्कर समूहबीच झडप भएको छ। शनिबार राति भएको झडपमा परी तीन जना म्यादी प्रहरी घाइते भएका छन्, जसमा  एक जनाको खुट्टा भाँचिएको र अन्य दुई जना घाइते भएका छन्।

प्रहरी हवल्दार भरदुल राय यादवको नेतृत्वमा नाकामा सुरक्षामा खटिएका नेपाल प्रहरी र म्यादी प्रहरीलाई तस्कर समूहले लखेट्न खोजेपछि विवाद उत्पन्न भएको प्रहरीले जनाएको छ।

विवाद बढेपछि तस्करहरुले चलाएको ढुंगा मुढाबाट सुरक्षामा खटिएका म्यादी प्रहरी जयराम साह  रौनियारको खुट्टा भाँचिएको छ। राजकिशोर साह कानु र अनिल कुमार रौनियार समान्य घाइते भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक लालसर्व श्रीबहादुर सिंहले जानकारी दिए।

स्थानीय तह निर्वाचनको लागि भर्ना भएका म्यादी प्रहरीले नेपाल प्रहरीको समन्वयमा जिल्लाका नाकाहरुमा २४औं घण्टा सुरक्षामा खट्दै आएका छन्।

सुरक्षाकर्मीहरुमाथि गरिएको आक्रमणमा संलग्न रहेको आरोपमा बृजेश मुखिया, मुखलाल मुखिया र हितेश मुखियालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रकाशित: ७ जेष्ठ २०७४ ०६:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App