coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

डेढ वर्षपछि जापानमा नेपाली राजदूत

टोकियो—डेढ वर्षदेखि खाली राजदूत पद सम्हाल्न नव नियुक्त नेपाली राजदूत प्रतिभा राणा टोकियो आइपुगेकी छिन्। काठमाडौंको राणा परिवार सदस्य उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति गर्दै राजदूत बनेर जापान आएकी हुन्।

राष्ट्र–राष्ट्रबीच उत्कृष्ट अवस्थामा रहेको सम्बन्धलाई अझ प्रगाढ बनाउन राजदूत राणाले निर्वाह गर्ने भूमिका र नेपाली समुदायको हितमा टोकियोमा बसेर चाल्ने कदमले उनको सफलता/असफलता निर्क्योल गर्नेछ।

अन्तरार्ष्ट्रिय गैरसरकारी संस्थाहरुमा काम गरिसकेकी उनी महिलालाई सम्पत्तिमाथिको अधिकार बढाउनु पर्ने भनेर वकालत गर्दै आएकी छिन्। उनलाई कार्यवाहक राजदूत कृष्ण चन्द्र अर्याल, द्वितीय सचिव टोप नारायण गिरी, तृतीय सचिब रेवन्त केसी लगायतले स्वागत गरेका छन्।

नयाँ राजदूतलाई स्वागत गर्न एनआरएन जापानका अध्यक्ष सुदन थापा, उपाध्यक्ष टाशी लामा, प्रल्हाद सिँह महतलगायत पनि विमानस्थल पुगेका थिए। नेपाललाई सहयोग गर्ने सबैभन्दा ठूलो दातृ मुलुकहरुमध्ये जापान एउटा हो। जापान—नेपालबीच सुमधुर कुटनीतिक सम्बन्ध रहँदै आएको छ। अझ बिना रणनीतिक स्वार्थ पूर्वाधार/संरचनामा जापानले पुर्‍याइरहेको सहयोगको सबै पक्षबाट प्रशंसा हुने गरेको छ।

बौद्ध धर्म मान्ने जनसंख्या धेरै भएको जापानले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको संरक्षण एवं सम्बर्द्धनमा चासो देखाउँदै आएको छ। जापानमा करिब ७० हजार नेपालीको बसोबास छ। जापानमा नेपाली समुदाय फैलिने क्रमसँगै दुई देशबीचको सम्बन्ध जनस्तरमा पनि स्थापित भइसको अवस्था छ। नेपाली र जापानीले संयुक्त लगानी गरेका कम्पनीहरुले जापान र नेपालमा समेत काम गरिरहेका छन्। 

राष्ट्र–राष्ट्रबीच उत्कृष्ट अवस्थामा रहेको सम्बन्धलाई अझ प्रगाढ बनाउन राजदूत राणाले निर्वाह गर्ने भूमिका र नेपाली समुदायको हितमा टोकियोमा बसेर चाल्ने कदमले उनको सफलता/असफलता निर्क्योल गर्नेछ।

प्रकाशित: ७ जेष्ठ २०७४ ०५:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App