coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

मनोनयनमा ‘छक्का पञ्जा’ को वर्चस्व

काठमाडौं– घरेलु बजारमा कीर्तिमानी कमाएको ‘छक्का पञ्जा’ एनएफडिसी राष्ट्रिय अवार्डको मनोनयनमा पनि अगाडि देखिएको छ । बिहीबार राजधानीमा सार्वजनिक मनोनयनमा यो फिल्म सर्वाधिक १८ विधामा मनोनयनमा परेको छ । 

फिल्म निर्देशक, अभिनेता, अभिनेत्री, छायांकन, लेखन, सम्पादन, सहअभिनेता, अभिनेत्री, संगीत, गायन आदि विधा गरी समग्र २१ मध्ये १८ विधामा मनोनयनमा परेको हो ।

समीक्षकसँगै दर्शकको पनि मन जित्न सफल ‘जात्रा’ ले भने ११ विधामा मनोनयन पाएको छ । अभिनयका अधिकांश विधासँगै प्राविधिक विधामा पनि फिल्म मनोनयनमा परेको छ । ‘जात्रा’लाई पछ्याउँदै ‘पुरानो डुंगा’ १० विधाको मनोनयनमा अटाएको छ । यसैगरी वर्षकै चर्चित फिल्म मानिएको ‘लुट २’ ९ विधामा मनोनयनमा परेको छ । चार वर्षअघि सुरु भएको एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा यो साल २१ विधामा पुरस्कार प्रदान गरिने नेपाल चलचित्र विकास कम्पनीका अध्यक्ष उज्जल पौडेलले जानकारी गराए । जसमध्ये १८ विधा प्रतिस्पर्धात्मक रहनेछन् भने बाँकी ३ विधा अप्रतियोगी रहनेछन् ।

 बिहीबार सार्वजनिक मनोनयनमा उत्कृष्ट फिल्मका लागि ‘छक्का पञ्जा’,‘जात्रा’ ‘पुरानो डुंगा’, ‘गाजलु’ र ‘लुट २’ बीच प्रतिस्पर्धा हुनेछ भने निर्देशनतर्फ पनि सोही फिल्मका निर्देशकहरू दिपाश्री निरौला, प्रदिप भट्टराई, रामबाबु गुरुङ, हेमराज बिसी र निश्चल बस्नेत उत्कृष्ट निर्देशकको उपाधिका लागि भिडनेछन् । त्यसैगरी अभिनेतातर्फ भने यो पटक आर्यन सिग्देल, सौगात मल्ल र दयाहाङ राईले दिपकराज गिरी र विपिन कार्कीसँग प्रतिस्पर्धा गर्नेछन् ।

आर्यन ‘होमवर्क’बाट मनोनयनमा अटाएका हुन् भने दिपकराज गिरी ‘छक्का पञ्जा’का लागि उत्कृष्ट अभिनेताको मनोनयनमा परेका हुन् । सौगात ‘लुकामारी’बाट उत्कृष्ट अभिनेताको प्रतिस्पर्धामा रहँदा दयाहाङ ‘लुट २’बाट र विपिन ‘जात्रा’ बाट मनोनयनमा अटाएका हुन् । 

अभिनेत्रीतर्फ भने प्रियंका कार्की, वर्षा राउत, शिल्पा पोखरेल, सृजना सुब्बा र ऋचा शर्मा उत्कृष्ट ५ मा परेका छन् । उनीहरू क्रमश  ‘छक्का पञ्जा’, ‘जात्रा’, ‘किस्मत २’, ‘डाइङ क्यान्डल’ र ‘बाटो मुनिको फुल २’ बाट मनोनयनमा परेका हुन् । आयोजकले वर्षभरि प्रदर्शन भएका ९० फिल्मबाट उत्कृष्ट ५ को मनोनयन निकालेको जानकारी गराएको छ । अवार्डका लागि निर्णायकको जिम्मेवारी  शुभबहादुर सुनाम, मञ्जुकुमार श्रेष्ठ र प्रदिप उपाध्यायले निर्वाह गरेका थिए । 

यो पटक लेखन विधामा ‘छक्का पञ्जा’ दिपकराज गिरी, ‘जात्रा’ का प्रदिप भट्टराई , ‘लुट २’ का निश्चल बस्नेत, ‘ पुरानो डुंगा’ का रामबाबु गुरुङ र उपेन्द्र सुब्बा  ‘बाटो मुनिको फूल २’ का यस कुमारले प्रतिस्पर्धा गर्नेछन् । उत्कृष्ट छायाँकारको अवार्डमा ‘ छक्का पञ्जा’ का पुरुषोत्तम प्रधान , ‘जात्रा’ का दीर्घ गुरुङ, ‘ म त तिम्रै हुँ’ का सौरभ लामा र ‘डाइङ क्यान्डल’ रविन आचार्य र दिपाङकर सिक्दर ‘पुरानो डुंगा’ का शैलेन्द्रध्वज कार्कीको दाबेदारी परेको छ ।

वितरण मिति सार्वजनिक नभइसकेको  अवार्ड समारोहको सम्पादनतर्पm ‘जात्रा’ का मित्र गुरुङ, ‘लुट २’ का सुरेन्द्र पौडेल, ‘पुरानो डुंगा’ का निमेष श्रेष्ठ, ‘छक्का पञ्जा’ र ‘ दिर्घ खड्का’ का चपली हाइट अन्तिम पाँचमा पर्न सफल भएका छन् । अवार्ड समारोहमा यो वर्षभरि प्रदर्शित फिल्ममध्ये सर्वाधिक कमाइ गर्ने एउटा फिल्मलाई सर्वोत्कृष्ट व्यवसायिक चलचित्रको उपाधि प्रदान गरिनेछ भने जुरीको छनोटमा परेको एउटा फिल्मले ‘मह जुरी अवार्ड’ प्राप्त गर्नेछ । त्यसैगरी पत्रकारितामार्फत नेपाली फिल्मको प्रवद्र्धन गरेको फिल्म पत्रकारलाई ‘पुष्कर सर्वोत्कृष्ट पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ ।

 

 

प्रकाशित: ७ जेष्ठ २०७४ ०४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App