काठमाडौं – ध्रुव थापाले शनिबार नेस्क्याफे गोल्ड खुला गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा सोनाम घले र प्रकाश गुरुङलाई पछि पारेका ध्रुवले ४० अंक जोडेका थिए ।
सोनाम र प्रकाशले समान ३९ अंक बनाएपछि ‘काउन्ट ब्याक’ का आधारमा सोनाम उपविजेता बने । सोनामले २० अंक जोडेका थिए भने प्रकाशले १९ अंक जोडेका थिए । त्यस्तै ३५ ग्रस अंक जोडेका टासी छिरिङले बेस्ट ग्रसको उपाधि हात पारे । टासीले मस्ट बर्डिजको उपाधि पनि जितेका थिए ।
महिलातर्फको उपाधि रेखा घिमिरेले जितेकी छिन् । रेखाले ३३ अंक जोडेकी थिइन् । २७ अंक जोडेकी प्रतिमा शेर्पा उपविजेता भइन् । मेजर जनरल दमनबहादुर घलेले सिनियर (६० वर्षमाथि) को उपाधि जिते । ३१ अंक जोडेका दमनबहादुरले काउन्ट ब्याकका आधारमा नेपालका लागि मंगोलियाका अवैतनिक दूत टिजी श्रेष्ठलाई हराएका थिए ।
जुनियरतर्फको उपाधि तनुश सांघाईले जिते । उनले ३४ अंक जोडेका थिए । १ अंक कम जोडेका देवांश अग्रवालले दोस्रो स्थानमा चित्त बुझाउनुप¥यो । लङ्गेस्ट ड्राइभको उपाधि विजय श्रेष्ठले जिते भने गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले क्लोजेस्ट टु दी पिनको उपाधि हात पारे । ९९ जना गल्फरले प्रतिस्पर्धा गरेको प्रतियोगिता स्टेबलफोर्ड पद्धतिअनुसार ३÷४ ह्यान्डिक्यापमा १८ होलमा खेलाइएको थियो ।
प्रकाशित: ७ जेष्ठ २०७४ ०३:५६ आइतबार