coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कोहलपुरमा १० वर्षीया बालिका बलात्कृत

कोहलपुर – कोहलपुरस्थित किरणनालामा १० वर्षीया बालिका बलात्कृत भएकी छिन् । स्थानीय ३५ वर्षीय बाबु शाही बालिकालाई बलात्कार गरी फरार छन् । 

बलात्कार पछि फरार रहेका आरोपित शाहीको खोजी भैइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक भिमबहादुर कार्कीले बताए । गएको जेठ ४ गते घरमा एक्लै रहेको अवस्थामा शाहीले बालिकालाई जर्वजस्तीकरणी गरेको उनले भने । बालिकाका आफन्तले प्रहरीमा उजूरी दिएका छन् । 

आरोपितलाई जवरजस्तीकरणी मुद्दा दर्ता गरिएको छ । बालिकाको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार फरार शाहीको खोजी भैइरहेको छ  । 

 

प्रकाशित: ७ जेष्ठ २०७४ ०३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App