coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चितवनका दुई नगरपालिकाको नतिजा घोषणा, एमाले विजयी

चितवन- चितवनको थप दुई नगरपालिका राप्ती र कालिकाको निर्वाचन परिणाम घोषणा भएको छ। शनिबार अन्तिम मत परिणाम घोषणा भएको दुवै नगरपालिकामा एमालेका उम्मेद्वारहरु मेयर र उपमेयरमा विजयी भएका छन् । राप्ती नगरपालिकामा एमालेकी प्रभा बराल मेयर र एमालेकै इमानसिंह लामा उपमेयरमा विजयी भए । बरालले काँग्रेस उम्मेद्वार किरणभुषण ओलीलाई पराजित गरेकी हुन्।

                बरालले ११ हजार ६१३ मत ल्याउँदा ओलीको सात हजार २९२ मत आयो । उमपेयरमा लामाले ११ हजार ८८२ मत ल्याँदा उनका निकटत प्रतिद्वन्दी नेपाली काँग्रेसकी अनिता मैनालीको सात हजार ७४ मत आएको थियो । राप्तीमा १३ वटा वडाहरु रहेका छन् । दुईवटामा काँग्रेस उम्मेद्वारहरु वडाध्यक्षमा विजयी भए भने अरु सवैमा एमालेले जितेको छ ।   

कालिका नगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार खुमनारायण श्रेष्ठ (गोपी)ले ३ सय २८ मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार कमल आचार्यलाई पराजित गरेका छन्।  श्रेष्ठले ७ हजार ४ सय ९२ मत र आचार्यले ७ हजार १ सय ६४ मत प्राप्त गरेका थिए । उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार कमला भट्टराईले नेपाली कांग्रेसकी निरुजा श्रेष्ठलाई ७ सय ८५ मतले पराजित गरिन् ।

भट्टराईले कुल ७ हजार ५ सय ३५ मत र श्रेष्ठले कुल ६ हजार ७ सय ५० मत प्राप्त गरेकी थिइन् । त्यस्तै माओवादी केन्द्रका मेयर पदका उम्मेदवार रामध्वज डल्लाकोटीले २ हजार ३ सय ७८ मत र उपमेयरकी उम्मेदवार सविता लामाले २ हजार १ सय २५ मत प्राप्त गरेकी थिइन् ।

यस नगरपालिकामा नेकपा एमालेले ६ वटा वडामा वडा अध्यक्ष सहित सम्पूर्ण टिम विजयी भएको छ भने नेपाली कांग्रेस ५ वटा वडा मध्ये ४ वटा वडामा वडा अध्यक्ष सहित सम्पूर्ण टिम विजयी भएको छ भने एउटा वडामा वडा अध्यक्ष र १ सदस्य मात्र विजयी भएको छ । त्यस्तै माओवादी केन्द्र सबै तहमा तेश्रो भई कुनैपनि पदमा विजयी हासिल हुन सकेको छैन ।

चितवनमा सातवटा स्थानीय तह छन् । यसअघि इच्छाकामना गाउँपालिका र माडी नगरपालिकाको नतिजा घोषणा भएको थियो । इच्छाकामना गाउँपालिकामा नेपाली काँग्रेस प्रमुख र उपप्रमुखमा विजयी भएका थिए । माडीमा मेयरमा माओवादी उम्मेद्वार र उपमेयरमा एमालेका उम्मेदेवार विजयी भएका थिए। भरतपुर महानगरपालिकासहित रत्ननगर र खैरहनी नगरपालिकाको नजिता आउन बाँकी छ।

प्रकाशित: ६ जेष्ठ २०७४ १५:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App