८ वैशाख २०८१ शनिबार
फोटो फिचर

साउनको सोमबार पशुपतिमा बिहानैदेखि भीड

साेमबार विहान पशुपतिनाथ मन्दिरमा पूजा गर्दै श्रद्धालु। तस्बिर: प्रबिन काेइराला

काठमाडाैं-साउनको पहिलो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

  पशुपति दर्शनका लागि बिहान २ बजेदेखि नै भक्तजनको आगमन सुरु भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए ।

 “विगतका पर्व जस्तै आज पनि दर्शनका लागि तीनतिरबाट भक्तजनको लाइन राखिएको छ, पूर्वको ढोका विशेष पूजा गर्नेका लागि पश्चिमको ढोका बोलबम यात्रीका लागि छुट्याइएको छ”– उनले भने।

   यस वर्ष साउनमा पाँच सोमबार परेको छ । पाँचवटा सोमबार परेको साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन् । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।      यो विश्वासमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । रासस

सबै फाेटाे प्रबिन काेइराला

साेमबार विहान पशुपतिनाथ मन्दिरमा पूजा गर्दै श्रद्धालु। तस्बिर: प्रबिन काेइराला
साेमबार विहान पशुपतिनाथ मन्दिरमा पूजा गर्दै श्रद्धालु। तस्बिर: प्रबिन काेइराला
साेमबार विहान पशुपतिनाथ मन्दिरमा पूजा गर्दै श्रद्धालु। तस्बिर: प्रबिन काेइराला
साेमबार विहान पशुपतिनाथ मन्दिरमा पूजा गर्दै श्रद्धालु। तस्बिर: प्रबिन काेइराला
साेमबार विहान पशुपतिनाथ मन्दिरमा पूजा गर्दै श्रद्धालु। तस्बिर: प्रबिन काेइराला
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App