७ वैशाख २०८१ शुक्रबार
अर्थ

हिमाली गाउँ रोल्वालिङमा मोबाईल सेवा

दोलखा- गौरीशंकर सहित दर्जन बढी हिमालहरुको काखमा रहेको दोलखाको रोल्वालिङ उपत्यका स्थित हिमाली गाउँ वेदिङमा मोबाईल सेवा सञ्चालनमा आएको छ।

सञ्चार सम्पर्कबाट बिमुख रहेको हिमाली गाउँमा नेपाल टेलिकमले जिएसएम मोबाईल सेवा सञ्चालनमा ल्याएको हो । पर्यटकिय स्थल वेदिङमा मोबाईल सेवा नहुदा पर्यटक र स्थानिय मर्कामा थिए।

नेपाल टेलिकम चरिकोटले निर्वाचनको अघिल्लो दिन वेदिङमा निर्माण गरिएको टावर सञ्चालनमा ल्याएर हिमाली बस्तीमा मोबाईल सेवा शुरु गरेको टेलिकम कार्यालय प्रमुख श्याममणी अर्यालले जानकारी दिए। वेदिङका ७२ बर्षिया बृद्ध आङ साङगे शेर्पालाई ५ ओटा सिम र एक थान मोबाईल सेट दिएर अर्यालले सेवा शुरु गराएका थिए । स्याटेलाईट प्रणालीबाट चल्ने गरी बेदिङमा उच्च क्षमताको सोलार सहितको टावर मार्फत सेवा शुरु गरिएको टेलिकमका सहायक प्राविधिक अधिकृत खेमराज बोहोराले जानकारी दिए।

टेलिकम प्रमुख अर्यालका अनुसार अब रोल्वालिङ उपत्यकाको क्याल्चे, बेदिङ देखी नाँ र च्छोरोल्पा ताल सम्म मोबाईल सेवा सजिलै टिप्नेछ । यसका साथै ‘टु जी’ ईन्टरनेट समेत टिप्ने अर्यालले जानकारी दिए। यो सगैं दोलखाका लप्ची बाहेक सबै स्थनमा मोबाईल सेवा पुगेको छ । तिब्बती सिमा संग जोडिएको लप्चीमा समेत सेवा बिस्तार गर्ने तयारी भईरहेको टेलिकम कार्यालय चरिकोटले जनाएको छ।

प्रकाशित: ६ जेष्ठ २०७४ ०९:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App