८ वैशाख २०८१ शनिबार
राजनीति

भरतपुरमा ज्ञवालीको अग्रता कायमै, वडा नं १० मा दाहाललाई बढी मत

भरतपुर – भरतपुर महानगरपालिकामा भएको पछिल्लो मतगणना अनुसार ३००को मत अन्तरमा एमालेका देवी ज्ञवालीले अग्रता कायम राखेका छन् । उनले १५३७४ मत प्राप्त गरेका छन् ।उनलाई पछ्याउँदै माओवादीकी रेणु दाहालले  १५०३७ मत प्राप्त गरेकी छिन् ।

भरतपुर– १० को  पहिलो ६ सय मत गन्दा माओवादीकी दाहालको मत संख्या धेरै छ  । उनले भरतपुर १० मा हालसम्म २४४ र एमालेका ज्ञवालीले १९२ मत ल्याएका छन् । 

भरतपुर महानगरपालिकामा सत्तारुढ काँग्रेस र माओवादीको तालमेल छ। तालमेलपछि चितवन काँग्रेसमा देखिएको सुरुवाती असन्तोषले मत परिणाममा असर पार्छ कि पार्दैन भनेर भरतपुरको मत परिणाम प्रति धेरैको चासो छ।

भरतपुर महानगरपालिकामा २९ वटा वडाहरु रहेका छन्। कुल एक लाख १२ हजार मत खसेको छ। काँग्रेस माओवादी गठबन्धनबाट भरतपुरमा मेयर पदमा उठेकी माओवादी उम्मेद्वार रेणु दाहाल प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी हुन्। काँग्रेस र माओवादीबीच केन्द्रीय तहमा तालमेल भएर मेयर पदका काँग्रेस उम्मेद्वारको उम्मेद्वारी पनि केन्द्रबाट आएकै पत्रका आधारमा फिर्ता भएको थियो।

भरतपुरमा तुलनात्मक रुपमा बलियो मानिएको काँग्रेसले मेयर पद नै फिर्ता गर्नु परेपछि जिल्लामा कार्यकर्ताहरु निकै आक्रोशितसमेत भएका थिए। पछि जिल्ला तहका नेताहरुले संयुक्त कार्यक्रम गरेर मतदाताको मन जित्ने प्रयास गरेका थिए। माओवादी अध्यक्ष दाहाल र काँग्रेस सभापछि शेरबहादुर देउवाले भरतपुरमा संयुक्त रुपमा अन्तिम चुनावी सभालाई सम्बोधन गरेका थिए।

प्रकाशित: ६ जेष्ठ २०७४ ०८:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App