१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बुढानिलकण्ठमा  एमालेको अग्रता  कायमै

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठ नगरपालिकामा  एमालेको अग्रता कायमै रहेको छ । एमालेका उद्धव खरेल ६८५५ मत सहित अग्र स्थानमा छन्  । उनलाई पछ्याउने क्रममा काँग्रेसका राजु श्रेष्ठले ४४६७ र माओवादीका रविन अधिकारीले २२५० मत प्राप्त गरेका छन् ।

 त्यसैगरी उपमेयरमा एमालेकै रमा राई ७२६५ मत सहित अग्रस्थानमा छिन् । उनलाई पछ्याउने क्रममा काँग्रेसकी शुभद्रा खड्काले ४५६१, माओवादीकी होमकुमारी दुलालले २०६६ मत प्राप्त गरेकी छिन् ।

१३ वटा वडा भएको बुढानिलकण्ठमा अहिलसम्म वडा नं ९, १०, ११, १२ र १३ मा मत गणना सम्पन्न भइसकेको छ र यी सबै वडामा एमाले प्यानलनै विजयी भएको छ  । 

कूल ३०,५५९ मत खसेकोमा अब १४,०९६ मत मात्र गन्न बाँकी छ । 

प्रकाशित: ६ जेष्ठ २०७४ ०८:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App