७ वैशाख २०८१ शुक्रबार
समाज

बिवाहित महिलाले १८ वर्षे युवालाई प्रेममा पारेपछि...

कोहलपुर- बर्दिया सानोश्रीकी एक बिवाहित महिलाले अविवाहित युवालाई फेसबुकबाटै अविवाहित भन्दै प्रेम सम्बन्ध सूरु गरेको भेटिएको छ । कालिकोटका १८ बर्षीय किशोर मगरसंग फेसबुकबास साथी बनाएर प्रेम गर्दै अविवाहित भएको बताउँदै सम्बन्ध सूरु गरेको पाएको हो ।

फेसबुकबा साथी भएपछि मोबाईल फोनबाट सम्पर्क गर्दै आएका दुवै जनालाई भारतीय रुपैडिहा बजार घुम्न जाँदै गर्दा आस्था नेपाल संस्थाले सीमाबाट नियन्त्रणमा लिएपछि घटना बाहिर आएको हो । संस्थाले अवैध रुपमा भारत जादै गरेको अवस्थामा पक्राउ परेका उनीहरु सोधपुछका क्रममा फेसबुकबाट सम्बन्ध सूरु भएको प्रष्ट भएको हो । ९ बर्षीय छोराको आमा २६ बर्षीय ती युवतीले अविवाहित र १९ बर्षको भएको भन्दै फेसबुक र फोनबाट प्रेम सूरु गरेको भेटिएको छ । ती युवाले आफूलाई अविवाहित र उमेर ढाटेपछि प्रेम सम्बन्धमा परेको बताएका छन् । आस्था नेपालले नियन्त्रणपछि मात्र ती महिलाको बिवाह भएको, ९ बर्षको छोरा भएको युवाले चाल पाएका थिए ।  युवतीले नै दैनिक फोन गर्ने, रिचार्ज मोबाईलमा पठाउँदै आएकोले आफू पनि प्रेममा परेको उनले बताएका छन् ।

बिहिबार नेपालगन्जमा पहिलो भेटिएका दुवै जना घुम्न र होटलमा बस्ने भन्दै रुपैडिहा लाग्दा उनीहरु चेलीबेली तथा बालबालिका उद्धार संस्थाको फेला परेका थिए । महिलाको घरबारी विग्रने र बालबच्चाको बिचल्ली हुने भएपछि सस्थाले महिलालाई आफन्तको जिम्मा लगाएको छ । यस्तै बिवाहित युवतीको फन्दामा परेका युवालाई पनि आफन्तको जिम्मा लगाएको छ ।

 

प्रकाशित: ५ जेष्ठ २०७४ १५:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App