८ वैशाख २०८१ शनिबार
राजनीति

धादिङको गजुरी गाउँपालिकाको दुबै पदमा एमाले विजयी

धादिङ- धादिङको गजुरी गाउँपालिको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा एमालेका उम्मेदवार विजयी भएका छन्। एमालेका राजेन्द्रविक्रम बस्नेतले ४ हजार ३ सय ३६  मत सहित विजयी भएका छन्। उनका निकटतम प्रतद्धिन्द्धि माओवादी केन्द्रका गणेशलाल श्रेष्ठले ४ हजार ६ मत ल्याई पराजित भए।

                उपाध्यक्षमा एमालेकी सीता ढुङ्गानाले ४ हजार २ सय मत सहित विजयी भएकी छन्। निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसकी शर्मिला विसुरालले ३ हजार ८ सय ३५ मत पाइन् । माओवादी केन्द्र र नेपाली काँग्रेस तालमेल भएको गजुरी गाउँपालिकामा नेकपा एमाले एक्लै चुनावी मैदानमा थिए । यो एमालेका केन्द्रिय नेता राजेन्द्रप्रसाद पाण्डे र माओवादी केन्द्रका शालिकराम जममरकट्टेलको क्षेत्र हो ।

                १३ स्थानीय तह रहेको धादिङ जिल्लामा गजुरी सहित १२ वटाको नतिजा सार्वजनिक भइसकेको छ भने सरदमुकाममा रहेको नीलकण्ठ नगरपालिकामा मतगणना जारी छ । 

 

प्रकाशित: ५ जेष्ठ २०७४ १५:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App