coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

वीरेन्द्रनगरको मेयरमा कांग्रेस, उपमेयरमा एमालेको अग्रता

सुर्खेत- सुर्खेतका ९ तहमध्ये ८ वटाको मत परिणाम घोषणा भएको छ। सदरमुकाम वीरेन्द्रनगरको मतगणना जारी छ। गणना सम्पन्न भएकामध्ये तीन नगरसहित दुई गाउँपालिकामा कांग्रेसले विजय हासिल गरेको छ । एक नगरसहित दुई गाउँपालिकामा एमाले विजयी भएको छ। वीरेन्द्रनगरमा प्रमुखमा कांग्रेसका उम्मेदवार देवकुमार सुवेदी र उपप्रमुखमा एमालेकी मोहनमाया ढकालले अग्रता लिएका छन्। १६ वडा रहेको यहाँ हालसम्म गणना भएकामध्ये एक, दुई, चार, आठ र १० वडामा एमाले तीन, पाँच, छ, सात र नौ वडामा कांग्रेस उम्मेदवारका प्यानल विजयी भएका छन् ।

शुक्रबार सम्पन्न मत गणनामा भेरीगंगामा कांग्रेसका नगरप्रमुखका उम्मेदवार भुपेन्द्रबहादुर चन्द तथा उपप्रमुखमा रेणु आचार्य विजयी भए । प्रमुखमा विजयी चन्दले ७ हजार ५ सय ४३ तथा उनका प्रतिद्धन्द्धी एमालेका यज्ञप्रसाद ढकालले ७ हजार ३ सय ४८ मत प्राप्त गरे । उपप्रमुखमा रेणुले ७ हजार ५ सय ७५ तथा उनका प्रतिद्धन्द्धी एमालेकी चन्द्रा आचार्यले ७ हजार २ सय ९७ मत प्राप्त गरिन् । १३ वडा रहेको भेरीगंगामा कांग्रेसले ८, एमालेले ४ र माओवादी केन्द्रले एक वडा जितेका छन् । त्यस्तै, पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । प्रमुखमा विजयी उपेन्द्र थापाले ५ हजार १ सय ३४ मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धी एमालेका मनबहादुर विकले ४ हजार ७ सय ३२ मत प्राप्त गरे। उपप्रमुखमा विजयी कांग्रेसकै मुक्ति पुरीले ५ हजार २ सय ४ मत प्राप्त गरिन् । उनकी प्रतिद्धन्द्धी एमालेकी राजकुमारी तिवारीले ४ हजार ८ २४ मत प्राप्त गरिन् । ११ वडा रहेको पञ्चपुरीमा ६ वडामा कांग्रेस र ५ वडामा एमालेले जितेको छ ।

त्यस्तै शुक्रबार सम्पन्न मत गणनामा पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा एमाले उम्मेदवार विजयी भए । अध्यक्षमा एमालेका धीरबहादुर शाहीले ३ हजार २ सय ४२ मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धी माओवादी केन्द्रका खड्कबहादुर विकले २ हजार ७ सय ४५ मत प्रँप्त गरे । उपाध्यक्षमा एमालेकै निर्मला राना विजयी भइन् । उनले ३ हजार ३ सय ५६ मत प्राप्त गरिन् । उनकी प्रतिद्धन्द्धी माओवादी केन्द्रकी बिमला जीसीले २ हजार ३ सय १५ मत प्राप्त गरिन् । यसअघि पूर्वी सुर्खेतमा रहेको सिम्ता गाउपालिकाको अध्यक्षमा एमालेका कविन्द्र केसी र उपाध्यक्ष चन्द्राकला शाही, लेकवेशी नगर प्रमुखमा एमालेकै गगनसिं सुनार, उपप्रमुख शान्ति छन्तेल, चिंगाडमा कांग्रेसका देवबहादुर चन्द र मनमाया आचार्य, बराहतालको अध्यक्षमा कांग्रेसकै तेजबबहादुर बस्नेत र, उपाध्यक्ष शोभा शर्मा, गुर्भाकोट नगर प्रमुखमा कांग्रेसकै हस्त पुन र उपप्रमुखमा मैना विक विजयी घोषणा भैसकेका छन् । गुर्भाकोट सुर्खेतको दोस्रो ठूलो नगरपालिका हो ।

प्रकाशित: ५ जेष्ठ २०७४ १४:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App