coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

जोमसोममा हावाबाट विद्युत् उत्पादन

मुस्ताङ-जिल्ला सदरमुकाम जोमसोममा हावाबाट बिजुली उत्पादन गर्ने प्रयास सफल भएको छ।      बुद्ध पावर प्रालि पोखराको प्रयासमा साढे एक किलोवाट क्षमताको विद्युत् उत्पादन भएको हो । हावाको गतिको आधारमा उत्पादन बढ्दै जाने कम्पनीले दाबी गरेको छ । मदानी प्रकृतिकै पङ्खा राखेर विद्युत् उत्पादन सुरु गरिएको कम्पनीका निर्देशक पुस्कर तिमिल्सिनाले जानकारी दिए।

      मुस्ताङमा दिउँसोको समयमा बढी हावा बहने भएकाले अन्य समयका लागि व्याकअपको रुपमा सौर्य प्रणाली पनि जडान गरिएको छ । “अहिले हामीले परीक्षणका रुपमा उत्पादन गरिरहेका छौँ, ठूलो साइजको मेसिन ल्याएर व्यावसायिक उत्पादन गर्ने योजना छ,” कम्पनीका निर्देशक तिमिल्सिनाले भने-“एक महिनापछि हामीले यो परियोजनाको उद्घाटन नै गर्नेछाैं।”

      एक अध्ययनअनुसार जिल्लाको मुक्तिनाथ, कागबेनी, जोमसोम, मार्फा र कोबाङ गाविसमा तीव्र गतिमा हावा चल्ने भएकाले त्यसबाट विद्युत् उत्पादन गर्न सकिने देखिएको छ । सोहीअनुसार, कुन बेला हावाको गति कति आउँछ भन्ने कुराको अध्ययन भइरहेको कम्पनीले जनाएको छ ।

      उत्पादन भएको विद्युत् तत्काललाई तीन घरमा जडान गरिएको छ । यसअघि मुस्ताङकै कागबेनीमा हावाबाट बिजुली उत्पादन गरिए पनि कमजोर व्यवस्थापनका कारण छ महिनामै जीर्ण बनेको थियो । रासस

प्रकाशित: ४ असार २०७३ ०५:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App