coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ललितपुरमा साझाले पायो न्यानो स्वागत

साझा पार्टीका ललितपुर उपमेयर प्रत्यासी शोभा शाक्य तथा मेयर प्रत्यासी रमेश महर्जन

ललितपुर—स्थापनाको दुई महिनापछि चुनाबमा होमिएको साझा पार्टीलाई ललितपुरका मतदाताले न्यानो स्वागत गरेका छन्। ललितपुर महानगरपालिको मतपरिणामको पूर्व अनुमानलाई गलत सावितगर्दै माओवादी केन्द्रका उम्मेदवारलाई साझाका उम्मेदवारले  निरन्तर पछि पारिरहेका छन्। उपमेयरमा साझाकी शोभा शाक्य दोस्रो स्थानमा छिन्।

महानगरका १२ वडासम्मका मत गणना हुँदा मेयरमा साझा पार्टीको समर्थन रहेका स्वतन्त्र उम्मेदवार रमेश महर्जनले करिब २५ सय मतले माओवादी केन्द्रका दिनेश महर्जनलाई पछाडि छोडेका छन्। उनी ६ हजार ८९३ मतसहित तेस्रो स्थानमा छन्।

उपमेयरमा दोस्रो स्थानमा रहेकी साझाकी उपमेयर प्रत्यासी शोभा शाक्यको अवस्था निकै बलिय देखिएको छ। उनले ७ हजार ४१९ मतका साथ काँग्रेसकी गीता सत्याललाई पछ्‌याइरहेकी छिन। शुक्रबार बिहानको परिणामअनुसार काँग्रेसकी सत्याल र साझाकी शाक्यबीच करिब १३ सय मतको मात्र अन्तर छ। पहिलो स्थानमा रहेकी काँग्रेसकी सत्यालको ८ हजार ७८९ मत छ।

उपमेयरमा एमाले—राप्रपाबीचको चुनाबी तालमेललाई मतदाताले अस्वीकार गरिरहेको स्थितिमा परिणाम साझाको पक्षमा नजाला भन्न सक्ने स्थिति छैन।

नागरिकन्युजसँग कुरा गर्दै साझाका मेयर प्रत्यासी रमेश महर्जनले थप केही वडाको गणनापछि उपमेयरकी शाक्यले अग्रता लिने र विजयी पाउने दाबी गरे। 'अहिलेसम्म १२ वटा वडाको मतपरिणाम आएको छ। वडा नम्बर १४, १५, १६ को गणनापछि हामी उपमेयरमा अग्रता लिन्छौं र विजयी हुन्छौं भन्ने विश्वस छ', उनले भने। 

उपमेयरमा एमाले—राप्रपाबीचको चुनाबी तालमेललाई ललितपुर महानगरका मतदाताले अस्वीकार गरिरहेको स्थितिमा परिणाम साझाको पक्षमा नजाला भन्न सक्ने स्थिति छैन। मेयरमा एमाले र उपमेयरमा राप्रपा उम्मेदवारलाई समर्थन गर्नेगरी दुई पार्टीबीच सहमति भएको थियो। १२ वटा वडाको मतपरिणाम आउँदासम्म उम्मेदवार नभएको एमालेको सूर्य चिन्हमा ६ हजार ७४७ मत परिसकेको छ। एमालेलाई गएको मत सबै बदर मत हुनेछन्। मतपरिणामको ग्राफमा काँग्रेसलाई चुनाैती दिन यो पक्षले साझालाई फाइदा पुगिरहेको हो। ललितपुर महानगरमा २९ वडा रहेका छन्।

चुनाबभन्दा केही समयअघि बीबीसी नेपाली सेवा छोडेर रवीन्द्र मिश्रले साझा पार्टी स्थापना गरेका थिए। संगठित तयारीबिनै पार्टीले स्थानीय तह चुनाबमा काठमाडौं र ललितपुरमा उम्मेदवार खडा गरेको थियो।

छोटो तयारीबीच चुनाबमा जाँदा पाएको 'रेस्पोन्स' (मत) उत्साहजनक रहेको विश्लेषण मेयर प्रत्यासी महर्जनको छ। 'छोटो तयारीका बीच हामीले पाएको मत उत्साहजनक छ', उनले भने, 'स्थानीय जनताका लागि हामी दुवै (मेयर–उपमेयर प्रत्यासी) नयाँ हैनौं। मतादाताले हामीलाई विश्वास गर्नुमा हाम्रो पृष्ठभूमि र प्रतिबद्धता नै मुख्य पक्षा हो जस्तो  लाग्छ।'

साझाले घोषणा पत्रमा गर्न सक्ने विषयलाई स्पष्ट ढंगले ल्याएको उनको बुझाइ छ।

भूकम्पपछि पाटनको पिलाँछेलाई पर्यटन र संस्कृतिको केन्द्र बनाउने अभियानको नेतृत्व गरेका महर्जन माया फाउन्डेसनमार्फत् स्थानीय तहमा कल्याणकारी काम गर्दै राजनीतितिर लागेका हुन्। भूकम्पको विनाशपछि उनको नेतृत्वमा पिलाँछेमा करिब १०० घर परम्परागत नेवाः वास्तुकलामा पुननिर्माण भएका थिए।  

ठूला पार्टीको विकल्पमा जनताले साझालाई छानेको महर्जनको बुझाइ छ। 'हामी दुवै जना स्थानीयसँग धेरै निकट भएर काम गर्दै आएका व्यक्ति हौं। ठूला पार्टीहरुलाई विश्वास गर्दा जनताले पटकपटक धोका पाएको तीतो अनुभव उनीहरुसँग छ। उत्कृष्ट विकल्पमा हामीलाई रोजेका हुन्। तयारी गर्ने समय पाएको भए हामी सहज जीत हाँसिल गर्ने अवस्थामा पुग्ने रहेछौं', उनले भने।

महिला समूह, घरेलु उद्योग एवं धार्मिक क्षेत्रमा नेतृत्व गर्दै उनी राजनीतिर लागेकी हुन्। मतपरिणामले बौद्ध परम्परामा सम्वृद्ध भित्री पाटन क्षेत्रमा पकड राख्ने उनलाई त्यहाँका मतदाताले विश्वास गरेको देखिएको छ।

चुनाब प्रचारका लागि स्थानीयले बोलाएका १० प्रतिशत ठाउँमा पनि पुग्न नसकेको महर्जनको भनाइ छ।

'समय अभावले गर्दा सबै ठाउँमा पुग्न सकिएन। बोलाएका ठाउँमा मात्रै पुग्न सकेको भए पनि मतपरिणामको ग्राफ अर्कै हुने रहेछ। अहिलेको परिणाम हामीप्रतिको ठूलो विश्वास पनि हो', उनले भने।

उपमेयरमा दोस्रो स्थानमा रहेकी शोभा शाक्यले मतदाताले पहिलो पटक नै विश्वास गर्नुका पछाडि सामाजिक क्षेत्रमा आफ्नो संलग्नता र पार्टीको भ्रष्ट्राचारविरोधी छविलाई मुख्य श्रेय दिइन्। विश्वासको अर्को आधार आफू र पार्टी नेतृत्वको कल्याणकारी कार्यको पृष्ठभूमि नै भएको उनको बुझाइ छ।

महिला समूह, घरेलु उद्योग एवं धार्मिक क्षेत्रमा नेतृत्व गर्दै उनी राजनीतितर्फ लागेकी हुन्। मतपरिणामले बौद्ध परम्परामा सम्वृद्ध भित्री पाटन क्षेत्रमा पकड राख्ने उनलाई त्यहाँका मतदाताले विश्वास गरेको देखिएको छ।

'यो क्षेत्रमा १४ वर्षादेखि म सामाजिक काम गर्दै आएकी छु। मत परिणाममा त्यो प्रतिविम्बित भएको छ', उनले भनिन्, 'समाजसेवा मेरो मुख्य उद्देश्य हो। अहिले पनि म सामाजिक कामै छु। उपमेयरमा विजयी भए भनेँ नेतृत्व तहबाटै त्यसलाई पूरा गर्नेछु', शाक्यले सुनाइन्।

ललितपुरका साझाका दुवै उम्मेदवार मतदाताबीच सुरुदेखि नै चर्चामा थिए। साझा पार्टीले क्षमता, अनुभव र इमान्दारीका लागि भोट मागेको थियो।

प्रकाशित: ५ जेष्ठ २०७४ ०६:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App