७ वैशाख २०८१ शुक्रबार
राजनीति

त्रिपुरासुन्दरी र गल्छीमा एमाले विजयी

धादिङ—धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएका छन्। 

नेकपा एमालेका शम्भुकुमार थापाले ४ हजार ७० मत ल्याई विजयी भएका हुन्। काँग्रेसका बासु तिमल्सीनाले ३ हजार ९ सय ६१ मत पाएर पराजित भए। उपाध्यक्षमा काँग्रेसका देवी पाण्डे ३ हजार ९ सय ९० मत ल्याइ विजयी भइन्। एमालेका कृष्णकुमारी थापाले ३८ सय ९६ मत पाइन्। 

गल्छी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएका छन्। नेकपा एमालेका कृष्णहरी श्रेष्ठले ६ हजार ५१ मत ल्याई विजयी भएका हुन्। काँग्रेसका विनोद कार्कीले ५ हजार २ सय ६ हजार मत ल्याई पराजित भए। 

उपाध्यक्षमा नेकपा एमालेका राधा तिमल्सिना ६ हजार २८ मत ल्याई विजयी भएकी छन्। माओावदी केन्द्रका मीरा झरीले ३ हजार १ सय ८४ मत पाइन्। गल्छी गाउँपालिकामा नेकपा एमाले एक्लै चुनावी मैदानमा थियो भने काँग्रेस र माओवादीले अध्यक्ष र उपाध्यक्षमा तालमेल गरेका थिए।

प्रकाशित: ४ जेष्ठ २०७४ १४:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App