coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बेनिघाट रोराङमा माओवादीले बाजी मार्‍यो

धादिङ—धादिङका बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएका छन् भने उपाध्यक्षमा नेपाली काँग्रेसका देवीप्रसाद सिलवाल विजयी भएका छन्।माओवादी केन्द्रका हरि डल्लाकोटीले ६ हजार ४ सय १० मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गिरीराज कडेंलले मायादेवी शर्माले ५ हजार २ सय ५५ मत ल्याए। 

उपाध्यक्षमा नेपाली काँग्रेसका देवीप्रसाद सिलवालले ५ हजार ३ सय २ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका मायादेवी शर्माले ५ हजार २ सय ७७ मत ल्याई पराजित भए। 

धादिङमा माओवादी केन्द्रले विजयी हाँसिल गरेको यो पहिलो गाउँपालिका हो। बेनिघाट रोराङ गाउँपालिकामा नेकपा एमाले एक्लै लडेका थिए भने माओवादी केन्द्र र नेपाली काँग्रेस तालमेल गरी क्रमश अध्यक्ष र उपाध्यक्ष गरी चुनावी मैदानमा लडेका थिए। 

धादिङको निलकण्ठ नगरपालिका र गजुरी गाउँपालिकाको मत गणना भने शुक्रबारसम्म सकिने बताइएको छ। मत गणना जारी छ।

 

प्रकाशित: ४ जेष्ठ २०७४ १४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App