७ वैशाख २०८१ शुक्रबार
राजनीति

भरतपुर मेयरमा एमाले, उपमेयरमा काँग्रेसको अग्रता

एमालेका ज्ञवाली र माओवादी केन्द्रकी दाहाल

चितवन—भरतपुर महानगरपालिकामा ९ घन्टापछि सार्वजनिक परिणाममा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली १७६९ मतको अग्रता लिएका छन्। ९२१२ मत पाएर उनी पहिलो स्थानमा छन्।

बिहीबार बिहान ९ बजेदेखि निर्वाचनको मतपरिणाम बन्द गरिएको थियो। सञ्चारकर्मीले मतपरिणाम सार्वजनिक गर्न माग गरेपछि साँझ ५ बजे परिणाम सार्वजनिक गरिएको हो।

ओवादी केन्द्रकी रेणु दाहाल ७४४३ मत पाएर एमालेका ज्ञवालीलाई पछ्‌याइरहेकी छिन्। उपमेयरमा काँग्रेसकी पार्वती शाह ८६५६ मतसहित पहिलो स्थानमा छिन्। एमालेका दिव्य शर्माले ७९६४ मत पाएकी छिन्।

बिहीबार बिहान ९ बजेदेखि निर्वाचनको मतपरिणाम बन्द गरिएको थियो। सञ्चारकर्मीले मतपरिणाम सार्वजनिक गर्न माग गरेपछि साँझ ५ बजे परिणाम सार्वजनिक गरिएको हो।

च वटा वडाको मत गणना हुँदा एमालेका ज्ञवाली र काँग्रेस समर्थित माओवादी उम्मेदवार दाहालबीच प्रतिस्पर्धा भइरहेको हो। एमालेले २, ४ र पाँच वडा जितेको छ भने काँग्रेसले १ र ३ वडा कब्जा गरेको छ। साँझ ५ बजेपछि वडा नम्बर ६ को मतगणना सुरु भएको छ। भरतपुर महानगरपालिकामा सत्तारुढ काँग्रेस र माओवादीको तालमेल छ।

तालमेलपछि चितवन काँग्रेसमा देखिएको सुरुवाती असन्तोषले मत परिणाममा असर पार्छ कि पार्दैन भनेर भरतपुरको मत परिणाम प्रति धेरैको चासो देखिएको छ। पाँच वटा वडाको गणना सकिँदा एमालेका ज्ञवालीले अग्रता लिइरहेका हुन्।  काँग्रेसको गढ मानिएका वडाहरुमा पुगेपछि अवस्था के हुने हो भन्ने कौतुहल्ता कायमै छ। 

भरतपुर महानगरपालिकामा २९ वटा वडाहरु रहेका छन्। कुल एक लाख १२ हजार मत खसेको छ। काँग्रेस माओवादी गठबन्धनबाट भरतपुरमा मेयर पदमा उठेकी माओवादी उम्मेद्वार रेणु दाहाल प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी हुन्। काँग्रेस र माओवादीबीच केन्द्रीय तहमा तालमेल भएर मेयर पदका काँग्रेस उम्मेद्वारको उम्मेद्वारी पनि केन्द्रबाट आएकै पत्रका आधारमा फिर्ता भएको थियो।

भरतपुरमा तुलनात्मक रुपमा बलियो मानिएको काँग्रेसले मेयर पद नै फिर्ता गर्नु परेपछि जिल्लामा कार्यकर्ताहरु निकै आक्रोशितसमेत भएका थिए। पछि जिल्ला तहका नेताहरुले संयुक्त कार्यक्रम गरेर मतदाताको मन जित्ने प्रयास गरेका थिए। माओवादी अध्यक्ष दाहाल र काँग्रेस सभापछि शेरबहादुर देउवाले भरतपुरमा संयुक्त रुपमा अन्तिम चुनावी सभालाई सम्बोधन गरेका थिए।

 

प्रकाशित: ४ जेष्ठ २०७४ १४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App