coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

थाहा नगरपालिकामा काँग्रेस–माओवादी गठबन्धन विजयी

अशोक सुजन श्रेष्ठ

हेटौँडा- मकवानपुरको थाहा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका लवशेर विष्ट निर्बाचित भएका छन्। सात हजार ४४ मतका साथ उनी बिजय हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विष्णु ढकालले पाँच हजार तीन ७८ मत प्राप्त गरे।

उपमेयरमा नेपाली काँग्रेसका खड्ग गोपालीले पाँच हजार छ सय ५० मत पाई बिजय भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कल्पना गोपालीले पाँच हजार छ सय मत पाईन्।

थाहा नगरपालिकामा माओवादी र काँग्रेसले तालमेल गरेका थिए भने एमाले एक्लै मैदानमा थियो।

थाहा नगरपालिकाको १२ वडामध्ये पाँचमा वडाध्यक्षमा माओवादी केन्द्र र सात वटामा एमाले विजयी भएको छ । वडा नम्बर १ को माओवादीका हेरमान गोपाली, २ मा एमालेका गुप्त कार्की, ३ मा माओवादीका राजेश केसी, ४ मा माओवादीका दीपकसिंह लामा, ५ मा एमालेका विष्णुबहादुर गुरूङ, ६ मा एमालेका शशिधर सुवेदी, ८ मा माओवादीका टीकाराम रूम्बा, ९ मा माओवादीका पर्शुराम श्रेष्ठ, १० मा एमालेका हिराबहादुर गमाल, ११ मा एमालेका किरणमान बल र १२ मा एमालेका मानबहादुर स्याङ्तान विजयी भएका छन्।

प्रकाशित: ४ जेष्ठ २०७४ १४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App