८ वैशाख २०८१ शनिबार
राजनीति

बाग्लुङ नगरपालिकाको मयेरमा एमालेका पौडेल विजयी

बाग्लुङ- बाग्लुङ नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। मेयरमा एमालेका जनक पौडेल र उपमेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुरेन्द्र खड्का विजयी भएका हुन् । यहाँ एमाले, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त रुपमा निर्वाचनमा गएका थिए। एमालेका मेयर पौडेलले १२३६१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका वसन्तकुमार श्रेष्ठले १००६७ मत ल्याए। उपमेयर खड्काले १११८७ र उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी शकुन्तला शर्माले ९४३१ मत ल्याएकी छिन् । १४ वटा वडा रहेको बाग्लुङ नगरपालिकामा १० वटा एमाले, ३ वटा काँग्रेस र १ मा राष्ट्रिय जनमोर्चा विजयी भएको छ ।

वडा नम्बर १ मा नेकपा एमालेका दुर्गा बहादुर बोहरा,  २ मा एमालेका जीवन आचार्य ३ मा राष्ट्रिय जनमोर्चाकी लक्ष्मी बाँस्कोटा, ४ मा नेकपा एमालेका धुव्र के.सी ५ मा नेकपा एमालेका शिव सापकोटा,  ६ मा एमालेकै खेमराज सापकोटा, ७ मा नेकपा एमालेका खगराज पाण्डेय, ८ मा एमालेका जित बहादुर क्षेत्री राजन,  ९मा एमालेका गणेश थापा, १० मा नेकपा एमालेको प्रेम बहादुर थापा, ११ मा नेपाली काँग्रेसका ज्ञानेन्द्र गौतम १२ मा एमालेका गुरुदत्त पाठक, १३ मा नेपाली कांग्रेसका नारायण शर्मा पौडेल र १४ मा नेपाली कांग्रेसका चक्रबहादुर खत्री विजयी भएका छन् ।

 

प्रकाशित: ४ जेष्ठ २०७४ १३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App