७ वैशाख २०८१ शुक्रबार
राजनीति

दैलेखका ७ तहमा एमाले, ४ मा काँग्रेस

दैलेख–  ११ स्थानीय तह भएको दैलेखमा अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जसमा ३ नगरपालिका सहित ७ स्थानीयत तह एमालले विजयी हाँसिल गरेको छ भने काँग्रेसले १ नगरपालिका सहित ४ स्थानीय तहमा विजय हासिल गरेको छ।

   विजयी भएको स्थानीयह तहमा चामुण्डाविन्द्रासैनी नगरपालिकामा एमालेका सुर्यबहादुर शाहीले २७ सय १३ मत ल्याएर विजयी भएका छन् उनका प्रतिद्धन्द्धी काँग्रेसका गणेशकुमार शाहीले २६ सय १० मत ल्याएका थिए । चामुन्डाविन्द्रासैनी नगरपालिकामा  ६ वडामा एमाले, १ वडा काँग्रेस र २ वडामा नेपाल मजदुर किसान पार्टीले अध्यक्ष जितेका छन् । ठाँटीकाँध गाँउपालिकामा एमालेका धिरबहादुर शाहीले १९ सय २४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी काँग्रेसका रक्षाबहादुर शाहीले १५ सय ६२ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा एमालेकी सुस्मीता सिंहले १९ सय ७५ मत ल्याएर विजयी भएकी छिन् । उनका प्रतिद्धन्दी काँग्रेसकी भद्रा शाहीले १५ सय ६२ मत ल्याएकी थिईन् । ठाँटिकाँधमा ५ वडा एमाले र १ वडामा काँग्रेसले अध्यक्ष जितेको छ ।

    त्यस्तै भैरवी गाँउपलिकामा एमालेका प्रेमबहादुर बुढाले  ३ हजार ५ सय ८४ मत ल्याएर विजयी भए। उनका प्रतिद्धन्द्धी काँग्रेसका जनार्दन ज्ञावलीले ३ हजार ६६ मत प्राप्त गरे । उपाध्यक्ष एमालेकी पदमकुमारी विष्टकेसीले ३ हजार ७८ मत ल्याएर विजयी भईन् । उनका प्रतिद्धन्द्धी काँग्रेसकी बासना थापाले २९ सय ८२ मत प्राप्त गरिन् । भैरवीमा एमाले ४ वडा र काँग्रेसले ३ वडामा अध्यक्षमा विजयी भएका छन् । महावु गाँउपालिकामा एमालेका जंगबहादुर शाहीले ३ हजार ५ सय २२ मत ल्याएर अध्यक्षमा विजयी भए । उनका प्रतिद्धन्द्धी काँग्रेसका कर्णबहादुर शाहीले २ हजार ९ सय मत ल्याए। उपाध्यक्षमा एमालेकी प्रेमकुमारी बुढाले ३ हजार ५ सय ८ मत ल्याएर विजयी भईन् । उनको प्रतिद्धन्द्धी मञ्चु पाण्डेले २ हजार ८ सय ८७ मत प्राप्त गरिन् । महावुमा ४ वडा एमाले र २ वडामा काँग्रेसले अध्यक्षमा विजयी भए ।

     नौमुले गाँउपालिकामा अध्यक्षमा नेपाली काँग्रेसका भद्रे बुढामगरले ३ हजार १ सय ५२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी एमालेका लिलबहादुर राम्जाली २ हजार ६ सय ४४ मत प्राप्त गरे। एमालेले ३ वडा र काँग्रेसले ४ वडामा वडा अध्यक्षमा विजयी भए । उपाध्यक्षमा काँग्रेसकी अमृता सिहंले  ३ हजार २ सय ८० मत ल्याएर विजयी भएकी छन् भने उनको प्रतिद्धन्द्धी एमालेकी झरना चन्दले २७ सय ३४ मत प्राप्त गरिन् । बुधवार गणनासम्पन्न भएको दुल्लु नगरपालिकाको मेयरमा नेपाली काँगेसमा घनश्याम भण्डारीले ६ हजार ४ सय ४९ मत ल्याएर विजयी भए । उनका प्रतिद्धन्दी नेकपा एमालेका बरुनाथ योगीले ६ हजार २ सय ८० मत प्राप्त गरेका थिए । उपमेयरमा एमालेकी विष्णा थापाले ६४ सय ७८ मत ल्याएर विजयी भईन् । उनको प्रतिद्धन्द्धी काँग्रेसकी कृष्णाकुमारी शाहीले ६ हजार १ सय ९ मत प्राप्त गरिन् । दुल्लुमा एमालेले ८ वडा र ५ वडा काँग्रेसमा वडाअध्यक्ष विजयी भएका थिए । आठविस नगरपालिकाबाट मेयरमा एमालेका खड्कप्रसाद उपाध्यायले ३ हजार ९ सय २७ मत ल्याएर विजयी भए। उनका प्रतिद्धन्द्धी काँग्रेसका प्रेमप्रकाश शाहीले ३ हजार ७ सय ८० मत प्राप्त गरे । उपमेयरमा काँग्रेसकी दिपा बोहोराले ४ हजार १ सय ८७ मत ल्याएर विजयी भईन् । उनका प्रतिद्धन्द्धी गमता विकले ३ हजार ९ सय ९० मत प्राप्त गरिन्  त्यहाँ ४ वडा काँग्रेस, ४ एमाले र १ वडा मजदुरले वडाअध्यक्ष जिते । त्यस्तै   गुँरास गाँउपालिकामा काँग्रेसका खेमराज वलीले  ४ हजार १ सय ६४ मत ल्याएर विजयी भए । उनका प्रतिद्धन्द्धी एमालेका प्रेमबहादुर खड्काले ३ हजार ४ सय २३ मत प्राप्त गरे । उपाध्यक्षमा काँग्रेसकी दिपाकुमारी विसीले ४ हजार ३७ मत ल्याएर विजयी भईन् । उनका प्रतिद्धन्द्धी प्रभादेवी गुरुगले  ३ हजार ५ सय १४ मत प्राप्त गरिन् । गुँरासमा ४ वडा काँग्रेस र ४ वडा एमालेले अध्यक्ष विजयी भएका छन्। यसअघि दैलेखका नारायण नगरपालिका एमाले र डुंगेश्वर गाँउपालिकामा काँग्रेसले विजयी भएका छन्।

प्रकाशित: ४ जेष्ठ २०७४ १३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App