coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

चार महानगरपालिकामा २ मा एमाले २ मा काँग्रेस अगाडि

काठमाडौंकाठमाडौं महानगरपालिकाको ताजा मतपरिणाममा अनुसार एमालेका मेयर पदका प्रत्यासी विद्यासुन्दर शाक्य अग्र स्थानमा छन्। राष्ट्रिय सभागृहमा भइरहेको मत गणनामा एमालेका मेयर प्रत्यासी विद्यासुन्दर शाक्य ५८५० मतसहित अग्रता लिएका छन्।

काँग्रेसका राजुराज जोशी ३५२१ सहित एमालेका शाक्यलाई पछ्‌याइरहेका छन्। विवेकशील नेपालीले समर्थन गरेकी रञ्जु दर्शनाले २२०१ मत पाएकी छिन्। साझा पार्टीका किशोर थापाले १६७४ माओवादी केन्द्रका सर्वोत्तम डंगोल ६१० मत ल्याएका छन्।

उपमेयरमा काँग्रेसकी हरिप्रभा खड्गी ३११५, राप्रपाका राजाराम श्रेष्ठले ३०७१, माओवादी केन्द्रका सुशीला पौडेल ७२९ र साझा पार्टीकी निरुपमा यादवले ४५७ मत पाएका छन्।


त्यस्तै ललितपुर महानगरपालिकाको मेयरपदको मत गणना अनुसार नेपाली कांग्रेसका चिरीबाबु महर्जन १२५२९, एमालेका हरिकृष्ण ब्यञ्जनकार १११४७, साझा पार्टीका रमेश महर्जन ५२३५ र माओवादी केन्द्रका दीपेश महर्जनले १८३६ मत प्राप्त गरेका छन्। उपमेयरमा भने नेपाली कांग्रेसकी गीता सत्याल ७४५६, साझा पार्टीकी शोभा शाक्य ५३१९, राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबुकाजी प्रधान ३४०८ र माओवादी केन्द्रकी हसिना शाक्य २९६८ मत पाएका छन् ।

भरतपुर महानगरपालिकाको मेयरमा भने एमालेकी देवी ज्ञवाली ७३७४, माओवादी केन्द्रकी रेणु दाहाल ५७३४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्री तिमिल्सिना ६११ मत ल्याएका छन् । उपमेयर नेपाली कांग्रेसकी पार्वती शाह ६६८५, एमालेकी दिव्य आचार्य ६२४६ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी रिना गुरुङ ७९२ मत प्राप्त गरेका छन् ।

त्यस्तै पोखरा लेखनाथ महानगरपालिकाको मेयर पदमा भने नेपाली कांग्रेसका
रामजी कुँवर ७८००, एमालेका मानबहादुर जिसी ७५४० र राष्ट्रिय प्रजातन्त्र पार्टीकी
गीता गुरुङले ४५ मत पाएका छन् । उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङ ७३०९, नेपाली कांग्रेसकी सरस्वती गुरुङ ६७७५, माओवादी केन्द्रकी गोमा ढकाल २५४ र राष्ट्रिय प्रजातन्त्र पार्टी रमेश खत्री ४३ मत प्राप्त गरेका छन्र ।

प्रकाशित: ४ जेष्ठ २०७४ ०९:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App