coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भीमफेदी गाउँपालिकामा एमाले विजयी

हेटौँडा –  मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा तीन हजार ८४२ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रञ्जितकुमार रानाले तीन हजार ६९८ मत प्राप्त गरे। उपाध्यक्षमा एमालेकै पार्वती राना तीन हजार ८०२ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निटकतम प्रतिद्वन्द्वी काँग्रेसका मोमलाल दोङले तीन हजार ५३५ मत प्राप्त गरेका छन् । 

हेटौँडा उपमहानगरपालिकाको मतगणना कार्य जारी छ । नगर प्रमुखमा नेपाली काँग्रेसका आनन्दराम पराजुलीले चार हजार ६९३ र नेकपा एमालेका हरिबल महतले चार हजार २०९ मत प्राप्त गरेका छन्। 

यस्तै उपप्रमुखमा एमालेका मीना लामाले चार हजार ४०६ मत तथा माओवादी केन्द्रका बलराम बलले तीन हजार २१६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी दिए । रासस 

प्रकाशित: ४ जेष्ठ २०७४ ०९:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App