coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्थानीय निर्वाचनमा मारिएकालाई शहिद घोषणा गर्ने

काठमाडौँ – सरकारले स्थानीय निर्वाचनमा मारिएका दुई जनालाई शहिद घोषणा गर्ने निर्णय गरेको छ । 

सरकारले निर्वाचनको समयमा प्रहरीको गोली लागि मारिएका काभ्रे नमोबुद्धका नवराज पाठक र दोलखा जुगुका कुलबहादुर तामाङलाई शहिद घोषणा गरी परिवारलाई १० लाख रुपैयाँ राहत दिने भएको हो । 

विहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । उनका अनुसार निर्वाचमा मारिका दुई जनाको परिवारका छोराछोरीको शिक्षदीक्षामा पनि सरकारले सहयोग गर्ने निर्णय गरेको छ । 

त्यस्तै बैठकले प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराललाई नियुक्त गरेको छ । साथै बैठकले नदी प्रणाली व्यवस्थापन तथा हरियाली प्रवद्र्धन, बन विकास र नवीकरण उर्जा प्रवद्र्धन, प्राकृतिक स्रोतको दीगो व्यवस्थापन, जलवायु परिवर्तनबाट हुने जोखिम व्यवस्थापनका लागि अनुकूलन कार्यक्रम समावेश गरी चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजना निर्माण गर्ने समेत निर्णय गरेको छ ।

प्रकाशित: ४ जेष्ठ २०७४ ०८:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App