७ वैशाख २०८१ शुक्रबार
राजनीति

मेलम्ची नगरपालिकामा एमालेका डम्बर अर्याल विजयी

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा एमालले विजय हासिल गरेको छ । एमालेका डम्बर अर्याल ८६७८ मत सहित मेयरमा निर्वाचित  भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका आइतमान तामाङले ७०३३ मत प्राप्त गरे।

 त्यसैगरी उपमेयरमा पनि एमाले नै विजयी भएको छ । एमालेकी भगवती नेपाल उपमेयरमा निर्वाचित भएकी हुन् । उनले ९११७ मत प्राप्त गरिन भने उनको निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सविता गुरुङले ६७३९ मत प्राप्त गरिन् ।

१३ वटा वडा भएको मेलम्ची नगरपालिकाको ८ वटा वडामा एमाले, ४ वटामा काँग्रेस र १मा माओवादी विजयी भएका छन् । 

प्रकाशित: ४ जेष्ठ २०७४ ०७:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App