coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पत्रकार गौतम वडाध्यक्षमा विजयी

बागलुङ—नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवम् धौलागिरि संयोजक ज्ञानेन्द्र गौतम बागलुङ नगरपालिका–११ को वडाध्यक्षमा निर्वाचित भएका छन्।

नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका गौतमले ६०४ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दलबहादुर थापाले ४०१ मत प्राप्त पाए।

गौतमको दुई दशकदेखिको पत्रकारिता यात्रा स्थानीय तहको निर्वाचसँगै राजनीतितिर मोडिएको छ। गौतम सदरमुकामस्थित सामुदायिक रेडियो बागलुङको स्टेसन म्यानेजर र ई–बागलुङ अनलाइन पत्रिकाको सम्पादकसमेत हुन्। उनले यसअघि अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकलगायतका सञ्चारमाध्यममा काम गरेका थिए। रासस

 

प्रकाशित: ४ जेष्ठ २०७४ ०७:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App