४ वैशाख २०८१ मंगलबार
राजनीति

चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादीका अमानसिंह तामाङ विजयी

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेद्वार अमानसिंह तामाङ निर्वाचित भएका छन् । 

एमाले उम्मेद्वार सोम सापकोटालाई १९२३ मत अन्तरले पछि पार्दै उनी मेयरमा निर्वाचित भएका हुन् । तामाङले ७७२९ मत ल्याउँदा सापकोटाले ५८०६ मत प्राप्त गरे । 

त्यस्तै उपमेयरमा माओवादी केन्द्र कै जानुका पराजुली निर्वाचित भइन् । ७७२२ मत ल्याएकी उनले एमाल कै उम्मेद्वार सिता थापालाई पराजित गर्दै उपमेयरमा निर्वाचित भएकी हुन् । थापाले ६२६७ मत प्राप्त गरिन् ।

१४ वटा वडा भएको नगरमा ७ वडामा माओवादी, १ काँग्रेस , १ राप्रपा, र बाँकी ५ वटामा एमालेले विजय हासिल गरेका छन् । 

प्रकाशित: ४ जेष्ठ २०७४ ०६:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App